2026-08-31 06:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इच्छाकामना गाउँपालिकामा १० शय्याको आइसोलेशन

असोज ३, चितवन | कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लाको इच्छाकामना गाउँपालिकाले १० श्ययाको आइसोलेशन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मुग्लिनमा रहेको थकाली सेवा समाजको भवनमा पाँच र गाउँपालिका परिसरको स्वास्थ्य चौकीमा पाँच श्ययाको आइसोलेशन निर्माण गरिएको हो । 

स्वास्थ्य शाखा प्रमुख वासु सापकोटाका अनुसार सो गाउँपालिकामा हालसम्म १३ जना सङ्क्रमित पुगेका छन् । तीमध्ये आठ जनामा हाल पनि सङ्क्रमण रहेको छ । गाउँपालिका अध्यक्ष गीता गुरुङले सङ्क्रमित थपिएको अवस्थामा थकाली सेवा समाजको भवनमा थप पाँच श्यया विस्तार गरिने छ । यस्तै फिस्लिङमा पनि आइसोलेशन सञ्चालन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

हाल क्वारेन्टिन बनाइएका विद्यालयमा पनि आइसोलेशन बनाउन सकिने गुरुङको भनाइ छ  । गाउँपालिकाले गरेको मेहेनत र स्थानीय जनताको साथ र सहयोगकै कारण हालसम्म सङ्क्रमण फैलन नपाएको भन्दै उहाँले स्वास्थ्य मापदण्ड पालना गर्न गाउँवासीलाई अनुरोध गर्नुभयो । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५१४ पुगेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार