2026-09-13 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

गुरुङ जातिको संस्कृति अध्ययन अवलोकन गर्न सङ्ग्रहालय निर्माण

असोज ३, तनहुँ | गुरुङ जातिको संस्कृति अध्ययन अवलोकन गर्नका लागि सङ्ग्रहालय निर्माण गरिएको छ । तनहुँको व्यास नगरपालिका–३ स्थित तमुसार क्होवेमा गुरुङ जातिको सङ्ग्रहालय निर्माण गरिएको हो ।

तमु सुधार समाजले रु एक करोड १० लाखको लागतमा सङ्ग्रहालय निर्माण गरेको समाजका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिनुभयो । गुरुङ जातिको रितिरिवाज, संस्कार र संस्कृति अध्ययन अवलोकन गर्नका लागि उक्त सङ्ग्रहालय उपयुक्त स्थल बन्न सक्ने गुरुङले बताउनुभयो ।

व्यास नगरपालिका, गण्डकी प्रदेश सरकार र स्थानीय जनसहभागितामा सङ्ग्रहालय निर्माण गरिएको हो । गुरुङका अनुसार सङ्ग्रहालय निर्माणका लागि व्यास नगरपालिकाले रु १८ लाख र गण्डकी प्रदेश सरकारले रु ११ लाख सहयोग गरेको छ भने बाँकी रकम समाजकै सदस्यबाट उठाइएको छ । सङ्ग्रहालय निर्माण सम्पन्न भइसकेको र सङ्ग्रहालयभित्र राखिने सामग्री सङ्कलनमा जुटेको गुरुङले बताउनुभयो । “ गुरुङ जातिको संस्कृति झल्कने विभिन्न सामग्री राख्ने तयारी गरेका छौँ, सङ्ग्रहालयभित्र छिरेपछि जन्मेदेखि मृत्युसम्मको सबै संस्कार हेर्न पाइन्छ”, उहाँले भन्नुभयो । सङ्ग्रहालय निर्माणका लागि पूर्व लाहुरेहरुले पेन्सन रकम सहयोग गरेका छन् भने कतिपयले स्वेच्छिक रुपमा चन्दा सहयोग गरेका छन् ।

जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङ र भीमराज गुरुङले तयार गर्नुभएको गुरुङ संस्कृति झल्काउने चित्रहरु सङ्ग्रहालयका लागि हस्तान्तरण गरिएको छ । गलबहादुर र र भीमराजले लकडाउनको अवधिमा गुरुङ संस्कार झल्कने विभिन्न तस्वीर तयार पार्नुभएको थियो । गुरुङका अनुसार गुरुङ जातिको जन्मेदेखि मृत्युसंस्कार झल्किने १५ वटा तस्बीर सङ्ग्रहालयका लागि हस्तान्तरण गरिएको छ । उक्त तस्बीरहरु व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तमु सुधार समाजका अध्यध मनबहादुरलाई हस्तान्तरण गर्दै सङ्ग्रहालय अध्ययनको उपयुक्त थलो बन्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले