२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सहस्रधारामा निरन्तर पहिरो, दैनिक घण्टौँ रोकिन्छन् सवारी साधन

३ आश्विन २०७७, शनिबार १५:४९

असोज ३, पर्वत (रासस) । वर्षा हुनासाथ मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पनि दैनिक बन्द हुन्छ । कुस्मा नगरपालिका १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अवरुद्ध हुँदै आएको छ । 

कुस्मा १ पाङ जोड्नका लागि सहसधारा –पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका विभिन्न ठाउँमा पहिरो खसेको छ । गत असार २८ गते सडकको ठूलो भूभाग खसेपछि सहस्रधारामा पहिरोले सडक अवरुद्ध भएको थियो भने पछिल्लो समय सडकको शुरुआत भएकै ठाउँमा पहिरो गएपछि दैनिक रुपमा यातयात अवरुद्ध हुँदै आएको छ । सडक अवरुद्ध हुँदा यातयातका साधन घण्टौ रोकिने गरेका छन् । अहिले लामो दूरीका सवारी साधन खुलेपछि यात्रुको चाप बढेपनि अवरुद्ध हुँदा त्यसले यातयात व्यवसायी र यात्रु प्रभावित हुन पुगेका छन । 

जिल्ला प्रहरी कार्यालयले सहस्रधारामा पहिरो खसिरहेको जनाएको छ । शुरुमा ढुङ्गा खसेपनि पछिल्ला दिनहरुमा लेदो समेत बगेका कारण झनै समस्या भएको छ । शनिबार बिहान पनि खसेको पहिरो हटाएर यातयात सुचारु गरिएको थियो ।

शुक्रबार पनि सडक अवरुद्ध नै भएको थियो पानी पर्न रोकिएपछि सडक खुलाउने काम भएको थियो । “दैनिक रुपमा सडक अवरुद्ध हुँदा समस्या भएको छ ।” कार्यालयका प्रमुख वरिष्ठ प्रहरी निरीक्षक विश्वराज अधिकारीले भन्नुभयो“वर्षात नरोकिए सम्म सडक अबरुद्ध हुने समस्या नहट्ने देखियो ।” वर्षा नरोकिँदा निरन्तर पहिरो बग्ने गरेका कारण  डोजर चलाउन समेत कठिन हुने गरेको छ । 

गत भदौ २८ गते पछि निरन्तर पहिरो खसेको छ । त्यस बखत तीन पछि मात्रै अवरुद्ध सडक सुचारु भएको थियो । सडक खुलाउनका लागि दुई वटा स्काभेटर तयारी अबस्थामा राखिएको छ । दैनिक ४, ५ घण्टा स्काभेटर चलाएर सडक खुलाउँदा सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनले पनि थप आर्थिक भार बेहोर्न बाध्य छ ।

निर्माण कम्पनीका व्यवस्थापक गोबिन्द भुसालका अनुसार डोजर परिचालनमा दैनिक ५ हजार खर्च भैरहेको छ भने सडकमा खाल्डाखुल्डी पुर्ने काम पनि गर्न कठिन भएको छ । भएका स्काभेटर त्यही पहिरो हटाउन प्रयोग हुँदा अन्य काम पनि प्रभावित हुँदै आएको उहाँ बताउनुहुन्छ । पहिरो हटाउनका लागि प्रयोग हुने इन्धन र खर्च कम्पनीको थप खर्च हो जुन उसले लोकमार्ग आयोजना कार्यालयबाट समेत पाउँदैन । 

मुख्य राजमार्गबाट जथाभावी रुपमा शाखा सडकहरु निर्माण हुँदा जताततै राजमार्ग ध्वस्त बनाउने काम भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रमुख आषिश थापा मगर बताउनुहुन्छ । “शाखा सडक खन्दा मुख्य राजमार्गमा असर नपर्ने गरि खन्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “वर्षेनी शाखा सडकबाट आउने पहिरो र लेदोका कारण राजमार्गमा पहिरो र मर्मत गर्न समस्या हुने गरेको छ ।” सहस्रधारामा पनि शाखा सडकबाटै पहिरो आएका कारण समस्या भएको र वर्षा याम सकिएपछि पहिरो रोकमाथामका लागि आवश्यक प्रक्रिया थालिने उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु