२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : १८ महिनामा सक्ने पुल चार वर्षमा सकियो

२०७७, ४ आश्विन आईतवार ०२:१२

असोज ४, बागलुङ (रासस) : बागलुङ जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेबल पुल चार वर्षपछि सम्पन्न भएको छ । पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा सिधा यातयात चल्न थालेका छन् । पुल नहुँदा हिउँदमा जोखिम मोलेर सवारी आउजाउ गर्दथे भने बर्खामा मध्यपहाडी लोकमार्गको पुल तरेर हरिचौर पुग्नुपर्ने बाध्यता थियो । 

विसं २०७३ असारमा रु तीन करोड सात लाख लागतमा १८ महिनामा सक्ने गरी नयाँबाटो, जुम्ली, आचार्य जेभीसँग सम्झौता भएको थियो । पुल समयमै निर्माण नहुँदा पुलको फाउन्डेशनका कारण हटियाका केही घरसमेत गौदीखोलाको उच्च जोखिममा रहेको थियो । 

ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माण सम्पन्न नभएको भन्दै गलकोटका स्थानीयवासीले चर्को आलोचना गर्दै आइरहेका थिए । ठेकेदार कम्पनीले भने पुल निर्माणमा पटकपटक अवरोध हुँदा निर्माण सम्पन्न ढिलाइ भएको जनाएको छ । पुल ढलान गर्नका लागि सेटिङ गर्ने क्रममा गौदीखोलामा २०७३ असारमा आएको बाढीले निर्माण सामग्री बगाएको थियो ।

फाउन्डेशनको पानी फाल्ने क्रममा एक मजदुरको करेन्ट लागेर मृत्यु भएपछि पुल निर्माणमा ढिलाइ भएको नयाँबाटो, जुम्ली, आचार्य जेभीका आधिकारिक प्रतिनिधि कुमार खड्काले जानकारी दिनुभयो । “पुल निर्माण सम्पन्न भएको छ, हस्तान्तरण गर्न बाँकी नै छ”, खड्काले भन्नुभयो, “तीनपटक निर्माण गर्ने समयमा पुलका निर्माण सामग्री बगायो, एक श्रमिककै मृत्यु भयो, त्यसै कारणले ढिला भएको हो ।” पुल निर्माणसँगै गलकोट नगरपालिकाको केन्द्र मजुवाफाँट, हरिचौर र तारखोलालगायतका स्थानमा सिधा यातायात सेवा सञ्चालन हुने गलकोट नगरपालिका–३ हटियाका वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिनुभयो । ढिलै भए पनि पुल निर्माण सम्पन्न भएको छ तर पुलको दाँयाबाँयाको खोलामा तटबन्ध लगाउन आवश्यक रहेको भण्डारीको भनाइ छ । 

बस्ती नजिकै खोला भएका कारण पुल र बस्तीको सुरक्षाका लागि तटबन्ध गर्नुपर्ने उहाँको भनाइ छ । पुल निर्माणकर्ता डिभिजन सडक कार्यालयले पुल हस्तान्तरण गर्न बाँकी रहेको बताएको छ । पुलको आसपासमा ग्याविनको काम बाँकी रहेको र त्यो काम सम्पन्न हुनासाथ पुल जिम्मामा आउने डिभिजन सडक कार्यालयका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो । “पुल बनेर सवारी गुड्ने भइसकेको छ, तर पुलको सुरक्षाका लागि खोलामा ग्याविन लगाउन बाँकी छ”, लम्सालले भन्नुभयो, “तीनपटक म्याद थपेर मात्रै पुल निर्माण भएको छ ।”

पुल आरसिसी मात्रै नभएर प्रि–स्टेटेस प्रविधिको भएको कार्यालयको भनाइ छ । पुलको बिममा रडको प्रयोग नगरी केबलको प्रयोग गरिएको कार्यालय प्रमुख लम्सालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ