२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ महिनापछि वैदेशिक रोजगारीको डिमाण्ड आयो, कतार र युएईमा रोजगारीको अवसर

२०७७, ४ आश्विन आईतवार ०६:४८

मनोज पराजुली । असोज ४, काठमाडौं । कोरोना महामारी पछि बन्द भएको वैदेशिक रोजगारीले गति लिन थालेको  छ । चैत्र ११ गतेबाट सरकारले लकडाउन गरेपछि बन्द भएको वैदेशिक रोजगारीका लागि विदेशी कम्पनीहरुले नेपाली कामदार माग्न थालेका हुन्  ।

सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । सरकारले नयाँ श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेसंगै संस्थागत रुपमा काम गर्दै आएका म्यानपावर कम्पनीहरुले विदेशबाट नेपाली कामदारहरुको माग ल्याउन थालेका छन् । 

आज एक राष्ट्रिय दैनिकमा एडभान्स म्यानेजमेन्ट ग्रुपले कतार र युएइको लागि विभिन्न पदका लागि नेपाली श्रमिक माग गरेको छ । कोरोना महामारीका विच पनि कतारको टप ५ कम्पनी भित्र पर्ने Urbacon Trading and Contracting कम्पनीले विभिन्न कामका लागि नेपाली श्रमिक माग गरेको हो ।  

कम्पनीले खान, बस्न सुविधा दिने,  इन्सुरेन्स लगायत २ वर्ष पछि वार्षिक बोनस समेत दिने एडभान्स म्यानेजमेन्ट ग्रुपका संचालक दलवीर भण्डारीले जानकारी दिए । कम्पनीमा पुगेपछिकै दिनबाट तलबको लागि दिनगन्ती शुरु हुने, पिसिआर परीक्षण कम्पनीले गरिदिने, १४ दिन क्वारेन्टीन बस्दा सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने भण्डारीले जानकारी दिए । काठमाडौंको कार्यालयमा असोज ८,१०,१४र १५ गते, विराटनगरको विराट चोकमा असोज ११ र १२ गते, झापाको उर्लाबारी र बिर्तामोडमा असोज १३ गते साथै असोज १५ गते जनकपुर/पोखरा/ बिराट चोकमा श्रमिक छनौटका लागि अन्तरवार्ता लिइने भण्डारीले जानकारी दिए  ।

१६१ जना कोटाका लागि कार्पेन्टर, म्यासन, इलेक्ट्रिसियन लगायत विभिन्न पदका लागि वैदेशिक रोजगार विभागबाट स्वीकृति विज्ञापन प्रकाशन गरिएको भण्डारीले जानकारी दिए । तत्कालका लागि अप्रुवल भएका १६१ जनाको कोटा भएपनि छिट्टै स्काफोल्डर र लेवरको लागि २ हजार जनाको डिमाण्ड अप्रुवल आउने क्रममा रहेको उनले बताए ।

डिमाण्ड हेर्न 'Baideshik Rojgar' मोबाइल एप डाउनलोड गर्नुहोस वा यहाँ क्लिक गर्नुहोस 

हवाई उडान र यातायात सहज 

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान गत भदौ १६ बाट नै सूचारू गर्ने निर्णय गरेको थियो सोहि अनुरुप हाल नियमित हवाई उडान हुँदै आएको छ भने सार्वजनिक यातायात पनि असोज १ गतेबाट पूर्ण रुपमा सुचारु भएको छ यसले गर्दा पनि वैदेशिक रोजगारीमा जानेहरुको लागि सहज भएको छ । 

श्रम स्वीकृति लिनेको संख्या बढ्दै

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीका विच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ । सरकारले श्रम स्वीकृति खोल्ने निर्णय गरेसंगै  कोरोना महामारीका विच पनि तीन महिनाको अवधिमा कुल ७ हजार १ सय ७१ जनाले श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगार कार्यालय, ताहाचलले दिएको जानकारी अनुसार ६ हजार ६ सय ४६ पुरुष र ५ सय २५ महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । भदौ ३१ सम्म कुल ५८ देशका लागि श्रम स्वीकृति लिएका छन् जसमध्ये सबैभन्दा धेरै युएईका लागि ३४ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमध्ये दोश्रोमा कतार परेको छ  । 

कतारका लागि १३ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तैगरी मलेसियाको लागि ६ सय ३९ जना, जापानको लागि ३८३ जना, साउदी अरेबियाको लागि ३ सय ३ जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतको लागि २ सय १७ जना, ओमानको लागि १ सय ३५ जना, बहराइन १ सय ४९ जना, माल्दिभ्सको लागि ७१, पोल्याण्डको लागि ७० जनाले श्रम स्वीकृति लिएका छन्  । त्यस्तै अफगानिस्तान, साइप्रस, इजरायल, माल्टा, पोर्चुगल, माल्टा लगायतका अन्य देशहरु रहेका छन् । श्रम स्वीकृति लिएका मध्ये प्राय: पुन श्रमस्वीकृति लिनेको विवरण भएको ताहाचल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र