२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा २४४ नेपालीको कोरोना भाइरसबाट निधन, अलपत्र परेका ६९ हजारको उद्धार

२०७७, ४ आश्विन आईतवार ०६:४९

असोज ४, काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विभिन्न १७ मुलुकमा कोरोनाका कारण नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाबाट थप एक नेपालीको मृत्यु भएको यो साता पुष्टि भएको समितिले जनाएको छ । 

कोरोना संक्रमणका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ । गत साता यूके, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक संजिव सापकोटाले जानकारी दिनुभयो । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

कोरोना भाइरसका कारण  हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १७ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका ६९ हजार नेपालीको उद्धार गरिएको छ । सङ्घ, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । 

दोस्रो विश्व स्वास्थ्य सम्मेलन जारी

शनिबार साँझ औपचारिक उद्घाटन भएको गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन जारी छ । शुक्रबारदेखि नै अनौपचारिक रुपमा सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन पूर्वस्वास्थ्यमन्त्री गगन थापा, सङ्घका अध्यक्ष कुमार पन्त तथा राष्ट्रसङ्घका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले संयुक्त रुपमा गरे ।

समितिका अध्यक्ष एवं सम्मेलन संयोजक संजिव सापकोटाले प्रथम विश्व स्वास्थ्य सम्मेलनको ऐतिहासिक महत्वलाई निरन्तरता दिन दोस्रो सम्मेलन तय गरिएको बताए । संसार भरीका स्वास्थ्यकर्मी, उनीहरुको चुनौती र अवसर, युवाहरुको स्वास्थ्य, महामारीमा सञ्चारमाध्यमको भूमिका लगायत विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । सम्मेलनले जारी गर्ने घोषणा पत्रले स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । तीनदिने सम्मेलन विश्व नेपाली स्वास्थ्य घोषणा पत्र जारी गर्दै आइतबार सकिनेछ ।

डेढलाख गैरआवासीय नेपालीलाई सहयोग

संघले कोरोना महामारीका कारण समस्यामा परेका एक लाख ५० हजार गैरआवासीय नेपालीलाई प्रत्यक्ष रुपमा सहयोग पुर्याएको छ । संघ अन्तर्राष्ट्रिय  समन्वय परिषदको दोस्रो विश्व स्वास्थ्य सम्मेलनमा क्रममा संघका महासचिव डा हेमराज  शर्माले कोरोना भाइरस संक्रमण सुरु हुने बित्तिकै एनआरएनका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय कमिटी गठन गरी योजनाबद्ध  रुपमा अगाडि बढेको र समस्यामा परेका नेपालीलाई घरैमा पुगेर समेत सहयोग गरेको बताए । 

उनका अनुसार करिब ५० देशमा दुई हजार बढी स्वंयमसेवक खटिएका छन् । उनीहरुलाई स्वास्थ्य समाग्रीदेखि खाद्यान्नसम्म सहयोग गरिएको छ । गैरआवासीय नेपालीबाट नै रु १२ करोड सङ्कलन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्चिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै