२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

‘कोरोनाले चारैतिरबाट आक्रमण गर्दोरहेछ, अचम्मको लडाइँ लडेँ’

४ आश्विन २०७७, आईतवार १६:०५

असोज ४, बागलुङ | गत साउन ३१ गते धवलागिरि अस्पतालको आइसोलेसनमा भर्ना हुनुभएका जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानालाई तेस्रो दिनको साँझपख ज्वरो आयो । रुघाखोकी, घाँटी दुख्ने, स्वाद थाहा नपाउने, खानामा अरुची, शरीर दुख्ने, काँप्नेजस्ता लक्षण पनि ज्वरोसँगै थपिए । भदौ १ देखि ३ गतेसम्म उहाँले कोरोनाका कडा लक्षणको सामना गर्नुपर्यो ।

“म कहाँ छु भन्नेसमेत मलाई पत्तो थिएन, घरमा छु की, अस्पतालमा छु की, या अर्कै संसारतिर छु भन्नेजस्तो सोच आउँथ्यो”, प्रमुख ढुङ्गानाले भन्नुभयो । शरीरको प्रतिरक्षा प्रणालीले जित्दै गएपछि भोलिपल्टै फेरि लक्षण एकसाथ हराएको उहाँले सुनाउनुभयो । विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले भने बमोजिमकै अवधिमा आफूलाई लक्षणसहित तीव्र सङ्क्रमण देखिएको प्रमुख ढुङ्गानाले बताउनुभयो ।

“सङ्क्रमणको ७ देखि १० दिनसम्मको समय निर्मम हुँदोरहेछ, चारैतिरबाट आक्रमण गर्दोरहेछ, मत त अचम्मको लडाइँ लडेँ”, उहाँले भन्नुभयो । सैतीस दिनको आइसोलेसन बसाइपछि निको भएर आइतबार घर फर्कनुभएका प्रमुख ढुङ्गानाले जीवनसँगको लडाइँ जितेको उल्लेख गर्नुभयो । उहाँले सचेत र सतर्क हुँदाहुँदै पनि कोरोनाले झुक्काएको बताउनुभयो । जिल्लाबाहिर आफन्तकहाँ पुगेर फर्केपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा प्रमुख ढुङ्गानामा कोरोना पुष्टि भएको थियो । उहाँले खाना खाने बेला आफूलाई सङ्क्रमण सरेको बताउनुभयो ।

“बागलुङमा शुरुकै चरणमा कोरोना देखिएपछि ठूलो सन्त्रास थियो, गाडी चढ्दा पनि सिसा बन्द गरेर हिँड्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “म जति सजग त कोही छैन भन्ने लाग्थ्यो, तर मनै कोरोनासँग झुक्किएँ ।” उहाँले जिल्लाका दशै स्थानीय तहका आइसोलेसन, क्वारेन्टिनको अनुगमन र व्यवस्थापकीय काममा आफूहरु खटेको स्मरण गर्नुभयो । सङ्क्रमपछि होम आइसोलेसनमै बस्न सक्ने विकल्प भएपनि आफू अस्पतालमै गएको बताउनुभयो । 

“होम आइसोलेसनमै बस्ने की भन्ने पनि थियो, साथीको पनि त्यस्तै सुझाव थियो”, प्रमुख ढुङ्गानाले भन्नुभयो, “तर, सर्वसाधारण नागरिक अस्पताल जाने म बाहिर बस्ने कुराले राम्रो सन्देश जाँदैन भन्ने लाग्यो, नागरिक बसेको ठाउँको मैले पनि अनुभूति गर्नुपर्छ भनेर पछि अस्पताल नै गएँ ।” प्रमुख ढुङ्गानाले आइसोलेसन बसाइका पछिल्ला दिनहरु बढी पीडादायी भएको बताउनुभयो । “निको त म २० दिन अघि नै भइसकेको थिएँ, तर नेगेटिभ रिपोर्ट नआउञ्जेलसम्म डिस्चार्ज गर्न नमिल्ने प्र्रदेश सरकारको प्रावधानलाई मानेर ३७ दिनसम्म आइसोलेसन बसेँ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य मन्त्रालयले लक्षणविहीनलाई १४ दिनपछि आइसोलेसनबाट डिस्चार्ज गर्न मिल्ने मापदण्ड ल्याएपनि गण्डकी प्रदेशमा भने नेगेटिभ रिपोर्ट आएपछि मात्र सङ्क्रमितलाई घर पठाउने गरिन्छ । सातौँ पटकको जाँचका क्रममा बल्ल प्रमुख ढुङ्गानाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । मास्कको प्रयोग, साबुन पानीले नियमित हात धुने र दूरी कायम गर्दा कोरोना सङ्क्रमणबाट बच्न सकिने भन्दै आउँदा दिनमा नागरिकलाई स्वास्थ्य सुरक्षासम्बन्धी सचेतता जगाउन आफू लागिपर्ने उहाँको भनाइ छ ।

आइसोलेसनमा रहँदा प्रमुख ढुङ्गानालाई मधुमेह र ज्वरो नियन्त्रणका लागि केही औषधि चलाइएको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताउनुभयो । “उहाँमा सुगरको समस्या देखिएकाले जटिल सङ्क्रमण हुनबाट रोक्न केही औषधि चलाउनुपर्यो”, उहाँले भन्नुभयो, “अहिले उहाँ पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ ।” प्रमुख चिकित्सक पोखरेलले उच्च मनोबल, धेर्यता र इच्चाशक्ति भएको व्यक्तिका रुपमा प्रमुख ढुङ्गानालाई चित्रित गर्नुभयो । “चिकित्सकले भनेका सबै सल्लाहलाई उहाँले पालना गर्नुभयो, अस्पतालप्रति पनि उहाँको दृढ विश्वास झल्किन्थ्यो”, प्रमुख चिकित्सक पोखरेलले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य