2026-09-05 02:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि विदेशबाट मोबाइल मार्फत नै रेमिट्यान्स पठाउन पाइने

असोज ५, काठमाडौं । विदेशमा रहेका नेपालीहरुले अबदेखि मोबाइलबाटै रेमिट्यान्स पठाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरुमार्फत् रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको हो ।

हालसम्म बैंक खातामा वा रेमिटेन्स कम्पनीबाट मात्रै नेपालमा पैसा पठाउन पाइने व्यवस्था थियो । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एक परिपत्र जारी गर्दै विदेशमा रहेका नेपालीहरुले डिजिटल माध्यमबाटै नेपालमा पैसा पठाउन पाउने व्यवस्था गरेको हो । जसका लागि नेपालका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुले विदेशमा काम गरिरहेका नेपालीहरु कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पेमेन्ट गर्ने संस्थासँग आवद्ध हुनु पर्नेछ ।

सोपछि राष्ट्र बैंकको विप्रेषण विनियामावली २०७६ को साविकका व्यवस्था अतिरिक्त तोकिएको सर्त र सीमा सहित सम्झौता गरी डिजिटल्ली नेपालमा रकम भित्र्याउन सक्ने राष्ट्र बैंकले जनाएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र इ सेवा, आइएमइ पे, फोन पे जस्ता मोबाइल वालेटहरुमार्फत् पनि घरैमा बसी बसी रेमिट्यान्स पाउन सकिने छ ।

यससँगै विप्रेषण सम्बन्धी कारोबार गर्ने बैंक तथा वित्तीय संस्थासँग आवद्ध भई विदेशमा रहेका नेपालीले विद्युतिय भुक्तानीका उपकरणहरु मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरु मार्फत् नेपालमा रहेका आफन्तहरुको खातामा पैसा पठाउन पाउने सक्ने छन् । यसका लागि नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ को साविकका व्यवस्थाका अतिरित्त केहि शर्तहरु राष्ट्र बैंकले तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल