2026-09-13 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बाढी पीडितका लागि राहत सामग्री

असोज ७, परासी । नेपाल–भारत महिलामैत्री समाजले नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का बाढी प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराएको छ । भारत सरकारको सहयोगमा समाजले जिल्लाको सरावल र प्रतापपुर गाउँपालिकाका २६५ परिवारलाई आवश्यक टेण्ट र त्रिपाल हस्तान्तरण गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत १६० थान त्रिपाल र १०५ थान टेण्टसम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । उक्त राहत सामग्री सरावल–६ का ९० घरपरिवारलाई ४५/४५ थान तथा ७ नं वडाका ६० घरपरिवारका लागि ३०/३० थान का दरले टेण्ट र त्रिपाल वितरण गरिने छ । 

यस्तै प्रतापपुर–३ का ६० घरपरिवारलाई ३०/३० थान टेण्ट र त्रिपाल वितरण गरिने समाजका प्रदेश नं ५ समन्वयकर्ता अङ्गद यादवले जानकारी दिनुभयो । बाँकी रहेको सामग्री संस्थाले आवश्यकता हेरी वितरण गर्नेछ । राहत सामग्री समाजकी राष्ट्रिय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुु चौधरीलाई हस्तान्तरण गर्नुभयो ।

भारत सरकारले उपलब्ध गराएको ५०० थान टेण्ट र ८०० थान त्रिपाल समाजले नेपाल सरकारको स्वीकृतिमा बाढी तथा पहिरोबाट प्रभावित सिन्धुपाल्चोक, महोत्तरी, सर्लाही, कैलाली र नवलपरासीका नागरिकलाई हस्तान्तरण गरेको सांसद चौधरीले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले डुबानका कारण विस्थापित हुन पुगेका नागरिकलाई आश्रम स्थलको अभावमा अस्थायी आश्रय स्थलको रुपमा संरक्षण गर्न प्राप्त राहत सामग्री महत्वपूर्ण हुने बताउनुभयो ।

स्थानीय झरही र धनेवा खोला तथा गण्डक नहरका कारण जिल्लाको सरावल, प्रतापपुर, पाल्हीनन्दन गाउँँपालिका बाढीको जोखिममा रहेको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी बताउनुहुन्छ । नदीको निकास नहुँदा विगत ७० वर्षदेखि डुबानको समस्या झेल्नुपरेको उहाँले बताउनुभयो ।प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जु चौधरीले बाढी प्रभावितका लागि अत्यन्त आवश्यक राहत सामग्री उपलब्ध गराईएको भन्दै थप सहयोगको समेत अपेक्षा गरिएको बताउनुभयो । समाजले विगत ८ वर्षदेखि राहत वितरण तथा महिला शसक्तीकरणको क्षेत्रमा काम गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले