पढ्न करिब 3 मिनेट लाग्छ

मनोज पराजुली । असोज ८, काठमाडौं । नेपाल सरकार र इजरायल सरकार बिच असोज १४ गते श्रम सम्झौता हुने भएको छ । इजरायलको राजधानी जेरुसेलमस्थित इजरायलको विदेश मन्त्रालयमा आयोजना अहुने एक कार्यक्रमका बिच सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

सम्झौता पत्रमा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलका विदेश मन्त्री गाबी आस्खेनाजीले हस्ताक्षर गर्ने इजरायलमा रहेको नेपाली दुतावासका दित्तीय सचिव अर्जुन घिमिरेले साझा सबाललाई जानकारी दिए ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलसँग श्रम सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई अख्तियारी दिने निर्णय गरिसकेको छ । इजरायलको नर्सिङ क्षेत्र (हस्पिटल, नर्सिङ होम, डे केयर सेन्टर) मा नेपाली केयरगिभर लैजाने गरि नेपाल र ईजरायल सरकार बीच सम्झौता हुन लागेको घिमिरेले जानकारी दिए । यस अघि नेपालीहरु घरेलु काममा केयर गिभरका लागि जाने गरेका थिए ।

इजरायलले खेती (एग्रिकल्चर) र सुसारे (केयर गिभर) को क्षेत्रमा विदेशी कामदार भित्र्याउने गरेको छ । इजरायलमा केयर गिभरको संख्या बढी छ र नेपालीहरू पनि धेरै जसो केयर गिभरका रूपमै नै इजरायल गएका छन् ।

पैसा कामदारले नै तिर्नुपर्ने

सरकारी संयन्त्र मार्फत नै नेपाली श्रमिक इजरायल जान पाउने भएपनि सम्पूर्ण लागत खर्च नेपाली श्रमिकले नै व्यहोर्नुपर्नेछ । टिकट खर्च, भिषा प्रोसेसिङ्ग खर्च, स्वास्थ्य परीक्षणमा लाग्ने सम्पूर्ण खर्च नेपाली श्रमिकले नै व्यहोर्नुपर्नेछ ।

के के चाहिन्छ योग्यता ?

नेपालले गर्न लागेको अहिलेको श्रम सम्झौता यस अघिको जस्तो घरभित्र काम गर्ने नभएर नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका (अनमी वा अन्य त्यस्तै शैक्षिक उपाधि हासिल गरेका वा १२ कक्षा पास गरी ३ महिने केयरगिभर तालिम लिएका) व्यक्तिहरु इजरायल जान पाउनेछन् । साथै अंग्रेजी भाषा उत्तीर्ण (लिखित तथा अन्तर्वाता दुबै) गरेका, निश्चित उमेर, तौल, उचाइ, मेडिकल सर्टिफिकेट, आपराधिक गतिविधिमा संलग्न नभएको चारित्रिक प्रमाणपत्र लगायत डकुमेन्ट आवश्यक पर्नेछ ।

यी योग्यता पुगेका व्यक्तिहरु स्वच्छ प्रतिस्पर्धाबाट छनौट पश्चात वैदेशिक रोजगार विभागको सरकारी संयन्त्र मार्फत नै इजरायल जानेछन् । साथै, यस अघि इजरायल आएका व्यक्ति उम्मेदवार हुन सक्नु हुनेछैन । छनोट प्रक्रियामा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका अलावा निजी क्षेत्र वा अन्य व्यक्तिको संलग्नता रहने छैन । पहिलो चरणमा ५ सय जना केयर गिभर इजरायल लैजाने गरि श्रम सम्झौता हुन लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रोतको भनाई छ ।

स्थलगत अनुमगन

इजरायलमा हाल करिव १ हजार संख्यामा नेपाली श्रमिक केयर गिभरमा काम गरिरहेका सरकारी तथ्यांक छ । इजरायलमा काम गर्ने सबै देशका श्रमिकको सेवा सुविधा एकै हुने प्रावधान रहेको छ ।

श्रम मन्त्रालयले यसअघि विभिन्न चरणको छलफल पछि श्रम सम्झौताको लागि ड्राफ्ट आदानप्रदान गरेको थियो । उक्त द्विपक्षीय छलफलका क्रममा इजरायल विशेष गरी केयर गिभरमा नेपाली श्रमिक लैजान सकारात्मक देखिएको थियो । इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयरगिभर ल्याउने विषय टुङ्गोमा पुग्दै गर्दा त्यहाँस्थित नेपाली दूतावासले थप सक्रियता देखाएको थियो ।

इजरायलमा नेपाली केयर गिभर लैजाने पूर्वसन्ध्यामा इजरायल सरकारका प्रतिनिधि र दूतावासका उच्च अधिकारीले कार्यस्थल एवं कार्य वातावरणको जानकारी लिने उद्देश्यले स्थलगत अनुमगन गरेका थिए । केही दिन अघि राजदूत शाक्यले नेपाली केयर गिभरले काम गर्नुपर्ने नर्सिङ होमको स्थलगत भम्रण गरेकी थिइन् ।

भ्रमणमा राजदूत शाक्यसँगै नेपालका लागि नवनियुक्त इजरायली राजदूत हानन गोदर, नेपाली दूतावासका द्वितीय सचिव घिमिरे, इरजायलीको स्वास्थ्य र श्रम मन्त्रालय, अध्यागमन कार्यालय तथा इजरायलमा कार्यरत विदेशी श्रमिकको हकहितमा क्रियाशील संस्थाका प्रतिनिधिको सहभागिता रहेको दूतावासले जनाएको छ ।