२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

९ आश्विन २०७७, शुक्रबार ०४:३८

असोज ९, स्याङ्जा । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ ।

गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना सङ्क्रमण देखिएपछि कारागारमा ठाउँ अभाव भएकाले कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा उपचाररत रहेकै समयमा राति पानी परेको बेलामा अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

भदौ २८ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेकै बेला सङ्क्रमित नै भागेपछि अस्पतालको सुरक्षामा थप चुनौती थपिएको छ भने समाजमा समेत सङ्क्रमण फैलिन सक्ने भएकाले थप सचेत हुनेपर्ने देखिन्छ । अस्पतालबाट भागेका ती युवाको खोजीकार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने