२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको बेगखोलामा पुल नबन्दा सास्ती

९ आश्विन २०७७, शुक्रबार ०४:४५

असोज ९, म्याग्दी । भदौ २९ गते सुत्केरी ब्यथाले च्यापेपछि बेनी अस्पताल हिँडेकी म्याग्दीको अन्नपूर्ण–१ दोवाकी कुमारी शेरचनले ३० गते राति बाटोमै सुत्केरी हुनुभयो । दोवाबाट कुमारी चढेर आएको जीप रघुगङ्गा–१ बेगखोलामा बाढी आएपछि तर्न नसकेर दुई दिन बाटोमै रोकएपछि असुरक्षितरूपमा सुत्केरी हुनुपरेको हो । “कुमारीले अस्पताल पुग्न नपाई कालीओढार भन्ने ठाउँमा बास बसेकै घरमा बच्चा जन्माएपछि बाटैबाट गाउँ फर्किए छन्”, दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले भन्नुभयो, “३० गते सर्पले टोकेर घाइते भएका दोवाकै दलबहादुर गर्बुजालाई बेनी अस्पताल जाने क्रममा डोजरको बकेटमा राखेर बेगखोला तारिएको थियो ।”

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा दुःख पाएका नागरिकका उदाहरणका पात्र मात्र हुन् दोवाका कुमारी र दलबहादुर । विसं २०७३ भदौ १७ गते रातिको बाढीले बेलिब्रिज र झोलुङ्गे पुलसहित बेगखोलामा ११ घर बगाएको थियो । बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा हरेक बर्खायाममा बेनी–जोमसोम यात्रा गर्ने नागरिकले जोखिम, सास्ती र झन्झट ब्यहोर्नुपरेको छ । भदौ २७ गते नारच्याङ जाने क्रममा बेनीका खगेन्द्र भण्डारीले बेगखोलामा मोटरसाइकल ट्र्याक्टरमाथि चढाएर तार्नका लागि रु एक हजार तिर्नुभयो । “उर्लेर आएको बाढीमा मोटरसाइकल तार्न सकिएन”, उहाँले भन्नुभयो, “रु एक हजार दिएपछि ट्र्याक्टरमाथि मोटरसाइकल चढाएर तारिदिए ।”

कार्यालयको काम विशेषले सदरमुकाम बेनी आएर फर्कने क्रममा टिकोट माविका प्रअ प्रदीप पुन बाढीका कारण एक रात बेगखोलामै बास बस्नुपरेको बताउनुहुन्छ । कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ । पाखा र ठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ । बेगखोला र कालीगण्डकीको दोभानमा खोला वारपार गर्ने घाट छ । बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको छ । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक बर्खायाममा बेगखोलामा दैनिकजसो अवरुद्ध गराउने अन्नपूर्ण–६ पोखरेबगरका खड्ग गिरीले बताउनुभयो । “रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका नागरिकलाई आवतजावत गर्न गाडी परिवर्तन गर्नुपर्ने झन्झट र सास्तीका साथै जोखिम भएको छ”, उहाँले भन्नुभयो, “मुस्ताङमा उत्पादित स्याउ, आलुलगायत कृषि उपज निकासी, दैनिक उपभोग्य सामान ढुवानी र बिरामीलाई अस्पताल पु¥याउन सकिएको छैन ।” 

बेगखोलामा मोटरेबल पुल नबन्दासम्म आवतजावतलाई सहज बनाउन झोलुङ्गे पुल भए पनि बनाउनुपर्ने स्थानीयवासीको माग छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले सडक विभागअन्तर्गतको पुल महाशाखाले बेगखोलामा मोटरेबल पुल बनाउन ठेक्का आह्वान गरिसकेको बताउनुभयो । “विभागले नै पुल बनाउन ठेक्का प्रक्रिया अघि बढाएको छ”, उहाँले भन्नुभयो, “विभागमार्फत नै महभिर र पोखरेबगरमा दुई वटा पुल निर्माणको क्रममा छन् ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने