२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

सन्दर्भ विश्व पर्यटन दिवस :एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए…

२०७७, ११ आश्विन आईतवार ०८:०२

तारानाथ आचार्य । असोज ११, बलेवा । आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको  भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम  हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन् । प्रविधिको प्रयोगमार्फत् हुने कार्यक्रमबाहेक बागलुङमा कुनै पनि कार्यक्रम भएनन् । 

पर्यटनका हिसाबले भरपुर सम्भावना बोकेको जिल्ला हो बागलुङ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० बाट आशा राखिएको थियो । महामारीले त्यसो हुन सकेन । विश्व पर्यटन दिवसका अवसरमा यहाँका पर्यटनसँग सम्बन्धित कोही कसैले औपचारिक कार्यक्रम गरेनन् । पत्रकारको साझा संस्था पत्रकार महासङ्घले भने प्रविधिकै प्रयोग गरेर भए पनि संसारलाई जोड्ने प्रयास गर्यो । 

महासङ्घको सभाहल । अग्रपङ्क्तिमा बस्नुभयो प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र सरकारी कार्यालयका प्रमुख । उहाँहरु बाहेक पछिल्लो पङ्क्तिमा केही पत्रकार मात्रै । सामाजिक दूरी कायम गर्दै व्यवस्थापन गरिएको बसाइ । न कुनै औपचारिक भाषण न त आसन ग्रहणको व्यवस्था । पर्यटनमा कोरोना महामारीले पारेको प्रभाव र त्यसबाट उठ्नका लागि आफैले प्रयास गर्नुपर्छ भनेर महासङ्घले एउटै मञ्चमा एउटै व्यक्तिबाट ५० देशका राष्ट्रियगान गुञ्जियो । 

नेपाल चिनाउन विश्व यात्राको अभियान थाल्नुभएका गायक रामजी नेपालीले ५० देशका राष्ट्रिय गान गाउनुभयो । त्यहाँ गाइएका सबै गीतको सामाजिक सञ्जाल तथा स्थानीय सञ्चार माध्यममार्फत प्रत्यक्ष प्रसारण भैरहेको थियो । “हामीले नगरे कस्ले गर्छ, पत्रकारले सिर्जनात्मक सन्देश जाने काम पनि गर्नुपर्छ”, महासङ्घका अध्यक्ष दिल शिरीष भन्नुहुन्छ, “ पर्यटन दिवसमा नयाँ ऊर्जा ल्याउनका लागि गरिएको प्रयास हो ।” 

विभिन्न २५ देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्व यात्रामा निस्कनुभएका  नेपालीले विश्व पर्यटन दिवसका अवसरमा ५० देशका राष्ट्रगान गाउनुभयोे । उहाँले गाउँदा हर्षित मुद्रामा सबैले प्रशंसा गरे । नेपालीले ‘विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’ को सन्देशसहित थालेको विश्व यात्रामा साथ दिन र पर्यटनमा ऊर्जा सिर्जना गर्न एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जाईएको महासङ्घका सचिव राम थापा ‘अविरल’ ले बताउनुभयो ।“यो अद्भूत क्षमताले हाम्रो पहिचान बनाउँछ, आजको प्रयासले हाम्रो समृद्धिमा सहयोग गर्छ”, बागलुङ नगर प्रमुख जनकराज पौडेलले भन्नुभयो, “प्रयास साना हुन्छन् तर त्यसको प्रभावको हामीले मूल्याङ्कन गर्न सक्नुपर्छ ।” झण्डै छ महिनाको अन्तरमा भएको एउटा उत्साहवद्र्धक औपचारिक कार्यक्रमले जिल्लाको पर्यटन क्षेत्रमा सहयोग गर्ने महासङ्घका पूर्वअध्यक्ष रामबहादुर जिसी बताउनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा