2026-09-13 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा वर्षात्का कारण ७७ घरमा क्षतिः २१५ घर उच्च जोखिममा

असोज ११, गलकोट (रासस) । निरन्तरको वर्षात्का कारण बागलुङ जिल्लाको बागलुङ  र जैमिनी नगरपालिकामा ७७ घरमा क्षति पुगेको छ भने २१५ घर उच्च जोखिममा रहेका छन् ।  बागलुङ नगरपलिकामा ६५ घर पहिराले पूर्ण रुपमा क्षति गरेको छ भने १५० घर उच्च जोखिममा  छन् । निरन्तरको वर्षात्का कारण नगरपलिकाभित्र बाढी पहिरो तथा जमीन भासिने कारणले ६५ घर विस्थापन भएको र १५० घर उच्च जोखिममा रहेको तथ्याङ्क सङ्कलन गरिएको छ ।

 पूर्ण रुपमा विस्थापित हुने गरी क्षति भएका ६५ घरलाई नगरपालिकाका तर्फबाट रु एक लाख ५० हजार राहत  उपलब्ध गराउने निर्णय गरिको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । घर बनाउन सघाउ पुग्ने गरी ६५ घरलाई रु एक लाख ५० हजारका दरले नगद उपलब्ध गराउने गरी विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो । 

पौडेलका अनुसार जोखिममा रहेको घरका लागि तत्कालै रु १५ हजार  दिइरहेको छ ।  यस्तै जैमिनी नगरपालिकामा १२ घरमा पूर्ण क्षति भएको तथा ५६ घर पहिराको उच्च जोखिममा परेको नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो । उहाँले पछिल्लो वर्षात्मा क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै क्षति तथा जोखिम घरको सङ्ख्या बढ्ने बताउनुभयो ।

उहाँका अनुसार घरबाट विस्थापन भएका परिवारलाई राहत दिइँदै आएको छ । जैमिनीमा निरन्तरको पहिराका कारण टुनिबोट दुई र बिनामारेमा एक गरी तीन जनाको ज्यानसमेत गएको छ । नगरपालिकाले ज्यान गुमाएका परिवारलाई तत्कालै किरिया खर्चसमेत प्रदान गरेको छ । 

यस्तै जिल्लाको काठेखोलामा बिहीबार पहिराका कारण एक जनाको ज्यान गएको छ । यसैगरी काठेखोला गाउँपालिका–१ चनौटेको तल्लोथरमा पहिरो खस्दा एक दर्जनभन्दा बढी घर जोखिममा रहेको स्थानीयवासी कृष्ण थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाको भीमापोखराको दपासामा, रेशको भुदीखोला र  लेखानी जाने सडकसमेत क्षति पुगेको छ । अविरल वर्षाका कारण विभिन्न स्थानमा क्षति पुगेको र तथ्याङ्क सङ्कलनको काम जारी रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै गलकोट नगरपालिका वडा नम्बर १ चौराहा बर्खेधारमा मध्यपहाडी लोकमार्ग भत्किँदा बागलुङ–बुर्तिबाङ सडकखण्डको सवारी साधन आवागमनमा समस्या भएको छ । चौराहा, रुपाखानी, पात्लेखोला जाने गोरेटो बाटोमा पहिरो खसेको छ । लोकमार्गको पहिराका कारण दुई घर पहिराको उच्च जोखिममा छन् ।

निरन्तर परेको वर्षात्का कारण नगरपालिकाको १ नं वडामा स्थानीयवासी भीमबहादुर थापा काउचा र  विष्णु राना श्रीसको घर उच्च जोखिममा परेको स्थानीयवासी हीराबहादुर काउँचाले जानकारी दिनुभयो । पहिराले घर गोठ जोखिममा परेपछि पशुपक्षी, अन्नपात र लत्ताकपडा छिमेकीका घरमा सारिएको उहाँले बताउनुभयो ।

यस्तै सोही नगरपालिका वडा नम्बर ११ रिघामा पहिराले पाँच घर  जोखिममा परेका छन् । वर्षात्ले स्थानीयवासी चन्द्रबहादुर कामी, टेकबहादुर श्रीस, चन्द्रबहादुर नेपाली, मित्रबहादुर थापा र अम्मरबहादुर श्रीसको घर जोखिममा परेको गलकोट नगरपाालिका वडा नम्बर ११ का वडाध्यक्ष डम्बर श्रीसले जानकारी दिनुभयो । उनीहरुले छिमेकीका घरमा आश्रय लिएको र केहीले पाल टाँगेर बसेको वडाध्यक्ष श्रीसको भनाइ छ । 

यस्तै बडिगाड गाउँपालिकाको खर्वाङ बजारस्थित मध्यपहाडी लोकमार्गमा खसेको पहिराले तीन घर जोखिममा परेका छन् । सोमबार बडिगाड –२ राक्सेमा आएको बाढीका कारण चार परिवार विस्थापित भएका छन् । गाउँपालिकाभित्र पर्ने मध्यपहाडी लोकमार्ग पनि ठाउँठाउँमा पहिराले क्षतविक्षत बनाएको छ । जिल्लाका १० स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले