२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाढीपहिरोः बागलुङ का १६ जना अझै बेपत्ता

२०७७, १३ आश्विन मंगलवार ०७:३५

असोज १३,  बागलुङ । यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । 

मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बागलुङ नगरपालिका–१ मा खसेको पहिराले टिपर पुर्दा हराउनुभएका चालक निर्मल पुन पनि अझैसम्म बेपत्ता छन् । 

महिना दिन बित्न लाग्दासमेत बाढीमा परेकाहरु नभेटिएपछि प्रहरीले खोजबिन गर्न छाडेको छ । सुरक्षाकर्मी र उद्धारकर्ता हप्तौंसम्म बेपत्ताको खोजीमा जुटेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ता भएका सकुशल भेटिने सम्भावना न्यून रहेको बताउनुभयो ।

सुरक्षाकर्मीले छिमेकी गुल्मीसम्म पुगेर बाढीले बगाएका शवको उद्धार गरेका थिए । जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धीरेन्द्रराज पन्तले बेपत्ता भएकाका परिवारलाई पनि मृतक सरह राहत दिलाउन प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरोमा बेपत्ताको खोजबिन र स्थलगत अध्ययनका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमको संयोजकत्वमा उपसमिति गठन गरेको छ । “उपसमितिले बेपत्ताहरुको खोजीसँगै वस्तुगत अवस्थाको अध्ययन गरी प्रतिवेदन तयार गर्छ, त्यसपछि राहतको प्रक्रिया शुरु हुन्छ”, सूचना अधिकारी पन्तले भन्नुभयो । बेपत्ता नभेटिएको स्थितिमा मृतक सरहको राहत सम्बन्धित परिवारले पाउनेछन् ।

सरकारले मृतक परिवारलाई रु दुई लाख राहत प्रदान गर्दै आएको छ । यस्तै एउटै परिवारमा अन्य सदस्यको पनि मृत्यु भएमा थप रु एक लाखका दरले राहत उपलब्ध हुने गरेको छ । बेपत्ता भएका परिवारलाई पनि तत्कालीन राहतस्वरुप रु १५ हजार दिने गरिएको छ । यो वर्ष बाढीपहिरोका कारण ढोरपाटनसहित जैमिनी नगरपालिका, निसीखोला, तमानखोला, ताराखोला, बडिगाड, काठेखोला गाउँपालिकालगायत क्षेत्रमा जनधनको क्षति भएको छ । भूजीखोलाको बाढीमा सबैभन्दा बढी २२ जनाको मृत्यु भएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी