2026-09-05 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यवसायी संघले भन्यो ‘स्वदेश फर्कन चाहने नेपालीलाई फिर्ता ल्याउने कार्य सहज गराउनु’

असोज १३, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विदेशबाट स्वदेश फर्कन चाहने श्रमिकहरुलाई फिर्ता ल्याउने कार्य सहज गराउन सरकारसंग अनुरोध गरेको छ । 

 संघका महासचिव सुजित कुमार श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गर्दै  विदेशमा नियमित हवाई उडान संचालन गरी स्वदेश फर्कन चाहनेलाई सहज तवरले हवाई टिकट उपलब्ध गराएर स्वदेश फिर्ति सहज  बनाउनको लागि सरकारसंग अनुरोध गरेका छन्  ।

वैदेशिक रोजगारीमा गएका तर कोभिड १९ को कारणले स्वदेश फर्कन सजिलै हवाई टिकट उपलब्ध नभएको, हवाई टिकट भाडा महङ्गो भएको, महङ्गो टिकट किन्ने हैसियत कामदार संग नभएको र उडान गर्ने एएरलाइन्सहरुले सरकारले तोकेको भन्दा वढि रकम लिने गरेको कुरा पत्रपत्रिका, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालहरुमा प्रकाशित भएको तथ्य श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यूलाई अवगत भएकै होला विज्ञप्तिमा भनिएको छ ‘तसर्थ विदेश स्थित कुटनैतिक नियोग संग कामदारको विवरण लिई हवाई उडान थप गरिे कामदार फर्काउनका लागी तय गरेको भाडाको अध्ययन गरि अहिलेको भन्दा सस्तो भाडा कायम गरि पाउन र बढि भाडा लिने ट्राभल कम्पनी तथा एएरलाइन्स  कम्पनीहरुलाई कारवाहि गरि पाउन माग गरिन्छ ।’

विदेशमा श्रमिकहरु करार अवधि समाप्त भई नेपाल फर्कन रोजगारदाता कम्पनीले र स्वयम कामदारले हवाई टिकट सहजरुपले नपाउदा ओभर स्टेमा परेको अवस्था रहेको संघले जनाएको छ । त्यस्ता समस्यामा परेका श्रमिकलाई वर्गिकरण गरी नेपाल फिर्ताको व्यवस्था हुनुपर्ने, साथै कतिपय कामदारहरु हातमा टिकट लिई ओभरस्टेको रकम तिर्न नसकी विमानस्थलबाटै फर्किएको अवस्था रहेको संघले जनाएको छ । त्यस्तो अवस्थामा नेपाली श्रमिकलाई अझ मानसिक पीडा हुने गरेको संघले ठहर गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल