2026-09-05 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा बन्धक बनाई रकम असुल्ने श्रेष्ठ पक्राउ

असोज १४, काठमाडौं । मलेसियामा बन्धक बनाएर रकम असुल गरेको आारोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ साबिक सुन्दरपुर स्थायी बसोबास भई हाल मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्‍चालन गर्दै आएका डेभिड भन्‍ने दुर्गाबहादुर श्रेष्ठ छन् । 

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको कान्ति बाल अस्पताल क्षेत्रबाट पक्राउ गरेको हो । श्रेष्ठसहितको टोलीले मलेसियामै काम गर्ने दाङका मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई उनकी पत्‍नीलाई मलेसियाका विभिन्‍न नम्बरबाट फोन गरी धम्की दिने गरेको थियो । 

डेभिड भन्‍ने दुर्गाबहादुर श्रेष्ठको नाममा रहेको बैंक खातामा मलेसियन ६० हजार रिङगेट हाले मात्रै पतिको ज्यान बच्‍ने भन्दै धम्की दिएको पाइएको सीआईबीका प्रमुख (डीआईजी) सहकुल थापाले जानकारी दिए । थापाका अनुसार पीडितकी पत्‍नीले  फिरौती बापतको १५ लाख ९२ हजार रुपैयाँ श्रेष्ठको खातामा पटक-पटक जम्मा गरेपछि मात्र अपहरित व्यक्ति अपहरण मुक्त भएका थिए । 

उनीहरुले मध्म रैदासको राहदानी आफ्नो कब्जामा लिई नेपाल आउन दिएका थिएनन् । डेभिड भनिने दुर्गाबहादुर अहिले नेपाल आएको भन्‍ने सूचनाका आधारमा ब्‍युरोको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल