२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यात्रु बढेपछि भरतपुरमा दैनिक पाँच उडान

२०७७, १५ आश्विन बिहीबार ०५:३२

असोज १५, भरतपुर । भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ ।  भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्ध र यति एयरलाइन्सले आजदेखि तीन÷तीन उडान भर्ने तालिका बनाएका छन्, यात्रुको सङ्ख्या क्रमशः बढ्दो अवस्थामा छ ।” यति एयरलायन्सले दुई मात्र उडान भर्ने जनाएको छ । भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान शुरु भएको थियो । शुरुमा दैनिक चार उडान भएको थियो । “यात्रुको चाप बढ्नु राम्रो सङ्केत हो”, कुँवरले भन्नुभयो, “अहिलेको स्थिति यथावत रहिरहे दशैँसम्म पुरानै अवस्थामा आन्तरिक उडान फर्कंने छ ।” 

बुद्धएयर भरतपुर स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले यात्रुको चाप बढेपछि बुधबारदेखि एउटा उडान थपिएको बताउनुभयो । “जहाजमा यात्रुको सङ्ख्या भरिभराउ नै छ”, उहाँले भन्नुभयो, “कोभिडसम्बन्धी सबै सावधानी अपनाएर उडान भरिरहेका छौँ ।” बुद्धको भरतपुर पोखरा उडान भने तत्काल सञ्चालनमा नआउने उहाँले जानकारी दिनुभयो ।

यती एयर भरतपुरका स्टेसन इञ्चार्ज अनुप ढकालले जहाज ३० सिट क्षमताको भए पनि स्वास्थ्य सुरक्षा मापदण्डको हिसाबले २० देखि २५ जनामात्रै उडाउने गरेको बताउनुभयो । काठमाडौँबाट आउनेभन्दा पनि जाने यात्रुको सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो । “उडान हामीले सोचेभन्दा राम्रो छ”, उहाँले भन्नुभयो, “पारिवारिक सदस्यलाई मात्र सँगै बस्न दिएका छौँ, अन्यलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गरेका छौँ ।” छ महिनासम्म उडान नहुँदा चितवनको पर्यटन क्षेत्र बढी प्रभावित भएको छ । सामान्य अवस्थामा दैनिक १३ वटासम्म उडान हुने गरेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने