२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्मचारीलाई कोराना पुष्टि भएपछि सेवा प्रभावित

१५ आश्विन २०७७, बिहीबार १३:४४

असोज १५, सुनसरी | धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि हुन थाले पछि सेवा प्रवाह पनि  प्रभावित  हुन थालेको  छ । उपमहानगरपालिकाको योजना, प्रशासनलगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । योजना महाशाखा, प्रशासन तथा सूचना र पर्यटन शाखाको  केही दिनका लागि सेवा बन्द गरिएको छ वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिनुभयो । 

सूचना शाखाका एक  , घर नक्सा शाखाका दुई   र अनुगमन अधिकृत सहित कर्मचारीमा कोेरोना पुष्टि भएको उहाँले बताउनुभयो ।   सङ्क्रमण कै कारण वडा नं १६ पनि तीन दिनदेखि बन्द छ । आजदेखि वडा १५ को कार्यालय ७ दिनको लागि बन्द गरिएको वडाध्यक्ष नरेश इवरामले जानकारी दिए । वडा  १२ र ३ का वडा सदस्यलाई पनि सङ्क्रमण भएपछि शुक्रबारदेखि कार्यालय बन्द गर्ने जनाएको छ । 

सुनसरीमा विहीबार ६८ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ११ जना  महिलासहित ४४ जना धरानका रहेको प्रदेश स्थित सामाजिक विकासमन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८२ जनामा कोरोना पुष्टि भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे