Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भजनी नपाका सेवा बन्द

By साझासवाल 2 मिनेट पढाइ

<p>असोज १५, कैलाली | कैलाली जिल्लाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १५ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि नगरपालिका तथा वडा कार्यालयबाट हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ ।&nbsp;<br></p><p>नगरपालिकाका कार्यवाहक प्रमुख छाया देवकोटाले&nbsp; सूचना जारी गर्दै स्वास्थ्य केन्द्रमा सेवारत अधिकांश स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हुँदा समुदायस्तरसम्म फैलिन नदिन नगरपालिका र नौ वटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताउनुभयो । उहाँले सरकारले जोखिम न्यूनीकरणका लागि जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न&nbsp; नगरवासीमा अनुरोध गर्नुभयो ।&nbsp;</p><p>भजनी प्राथमिक स्वास्थ्य केन्द्रले पनि सूचना जारी गर्दै प्रसूति बाहेकका अन्य सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । रासस&nbsp;</p>