२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सुरक्षा गार्डप्रति मलेसिया असन्तुष्ट

२०७७, १५ आश्विन बिहीबार १५:०५

असोज १५, काठमाडौँ | मलेसिया नेपाली सुरक्षा गार्डप्रति असन्तुष्ट देखिएको छ । मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले सुरक्षा गार्डको रुपमा मलेसिया आइपुग्ने मध्ये कतिपय नेपाली तालिम प्राप्त समेत नहुने गरेको बताएका छन् ।

“उनीहरु गोर्खा होइनन् र सुरक्षा गार्डको काममा आउने मध्ये कतिपय उपयुक्त समेत हुँदैनन्” मन्त्री शरभनानले भने “उनीहरु सामान्य नेपाली श्रमिक हुन् जसले सुरक्षा गार्डको रुपमा गर्नुपर्ने काम गर्न सक्दैनन् ।” मलेसियाको अनलाइन द स्टारका अनुसार मानव संशाधन मन्त्रीले मलेसियालाई व्यवसायीक सुरक्षा गार्डको आवश्यकता रहेको भन्दै नेपालबाट त्यो अपेक्षा अनुसारका सुरक्षा गार्डहरु प्राप्त नभएको बताएका छन् ।

मन्त्री शरभनानले बैंक तथा गहना पसलहरुले गार्डको काममा लिने गरेका स्थानीय व्यक्तिहरु अझ अनुपयुक्त हुने गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले मलेसियाको सुरक्षा क्षेत्रमा सुधार चाहेको भन्दै सोही अनुरुपका श्रमिक हुन आवश्यक रहेको बताएका छन् । मन्त्री शरभनानले मलेसियामा ४० बर्षमा अवकास पाउने सुरक्षाकर्मीहरुलाई सुरक्षा गार्डको रुपमा प्रयोग गर्न सके यसले सुरक्षा व्यवस्था बलियो हुने भन्दै यस विषयमा रक्षा मन्त्रालयसँग कुराकानी गर्ने समेत बताएको समाचारमा जनाइएको छ । यसले विदेशी श्रमिकप्रतिको निर्भरता कम हुने र सुरक्षा व्यवस्था पनि बलियो हुने उनको भनाई छ ।

रोजगारदाताहरुलाई पनि विदेशी श्रमिक कटौति गर्दै स्थानीय व्यक्तिलाई नै रोजगारीमा आकर्षित गर्ने खालको तलव सुविधा उपलव्ध गराउन पनि उनले आग्रह गरे । यसले व्यवसायीकता अभिवृद्धि हुने र सुरक्षा मजबुत हुने उनको तर्क थियो ।

मलेसियामा हाल नेपालीलाई मात्र सुरक्षा गार्डको रुपमा लिने गरिएको छ । यसअगाडी पनि मलेसियाले तालिम समेत राम्रो नदिई श्रमिक पठाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । नेपालीको विकल्पका रुपमा श्रीलंकाबाट समेत सुरक्षा गार्डका रुपमा श्रमिक भित्रियाउने प्रयत्न यसअगाडी नै गरिसकेको मलेसियाले पुनः नेपाली सुरक्षा गार्डको दक्षतामा प्रश्न उठाएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र