२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका बाढी प्रभावितको घर पुनःनिर्माणमा सघाउने मन्त्री गुरुङको प्रतिबद्धता

२०७७, १६ आश्विन शुक्रबार ०४:४९

असोज १६, बागलुङ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बिहीबार ढोरपाटनको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा मन्त्रीद्वयले बाढी प्रभावित परिवारका समस्या र क्षतिको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

अवलोकनपछि स्थानीयवासी, जनप्रतिनिधिलगायत सहभागी रहेको कार्यक्रममा भनाइ राख्दै मन्त्री गुरुङले बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “पुनःनिर्माणको काम तत्काल अघि बढ्छ, प्रदेश सरकारले बजेट र दक्ष जनशक्तिको व्यवस्था गर्छ”, मन्त्री गुरुङले भन्नुभयो । पुनःनिर्माणको कार्य अघि बढाउन बुर्तिबाङमा भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय स्थापना गरिने मन्त्री गुरुङले बताउनुभयो ।

बुर्तिबाङ–ढोरपाटन सडकको स्तरोन्नतिका लागि सङ्घ सरकार र सालझण्डी–ढोरपाटन आयोजनासँग मिलेर काम थालिने उहाँको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी ढोरपाटनसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्ने र सोका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने मन्त्री गुरुङले बताउनुभयो ।

विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापन र राहत कार्यक्रमलाई पनि प्रभावकारी बनाउन प्रदेश सरकारले सघाउने विश्वास दिलाउनुभयो । भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय स्थापना गर्न नगरपालिकाले भवन उपलब्ध गराउने र खर्च प्रदेश सरकारले व्यवस्थापन गर्ने गरी छलफल भएको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो ।

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका– ९, ८, ७, ६ र ५ प्रभावित छ । सबैभन्दा ठूलो जनधनको क्षति वडा नं ९ मा भएको छ । बाढीले सडक, खानेपानी, विद्युत्, सिँचाइ आयोजना, विद्यालय, स्वास्थ्यचौकी, पुललगायत दर्जनौँ भौतिक संरचनामा क्षतिग्रस्त छन् । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको छ । बाढीमा परी २२ को ज्यान गएको छ भने १५ जना अझै बेपत्ता छन् । सङ्घ सरकारले पनि बागलुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माणको काम अघि बढाउने निर्णय गरिसकेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा