साउन १४, काठमाडौं । दिउँसो दुई बजेतिर काठमाडौं कोटेश्वरमा गाडीको भिडभाड जस्तै त्रिभुवन विमानस्थलमा उड्ने र अवतरण गर्ने जहाजको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौं । दिउँसो दुई बजेतिर काठमाडौं कोटेश्वरमा गाडीको भिडभाड जस्तै त्रिभुवन विमानस्थलमा उड्ने र अवतरण गर्ने जहाजको"/>
८ कार्तिक २०८१, बिहीबार
काठमाडौँ - KTM

६ लाख ऋण तिर्न विदेश गएका रामचन्द्रलाई ९० लाखको आपत यसरि आइपर्यो !

१४ श्रावण २०७३, शुक्रबार ०४:५६

साउन १४, काठमाडौं । दिउँसो दुई बजेतिर काठमाडौं कोटेश्वरमा गाडीको भिडभाड जस्तै त्रिभुवन विमानस्थलमा उड्ने र अवतरण गर्ने जहाजको पनि उस्तै हल्लीखल्ली थियो । कोही त्यसरी नै उड्न विमानस्थलतिर जाँदै थिए अनि फर्किएकाहरु घर पुग्ने गाडी खोज्दै थिए । 

त्यही भीडमा भेटिए काभ्रेको कुशादेवी–२ घिमिरे गाउँका शेषनारायण तिमिल्सिना र सरिता तिमिल्सिना । उहाँहरुको पिरलो अर्कै थियो । सरिता १५ महिनादेखि साउदीको जेलमा रहेका श्रीमान रामचन्द्रलाई घर फर्काउने उपाय खोज्दै काठमाडौं आउनुभएको हो । अनि उहाँसँगै साथमै आउनुभयो ससुरा शेषनारायण पनि । 

रामचन्द्र दुई वर्षअघि ड्राइभरको कामको लागि साउदी जानुभएको थियो । त्रिपुरेश्वरमा

रामचन्द्रकि श्रीमती 

रहेको वल्र्डवाइड इम्प्लोइमेन्ट प्रालि मार्फत साउदी जाँदा रामचन्द्रलाई कम्पनिको गाडी चलाउने भनिएको थियो तर उहाँ पुगेपछि कम्पनिको गाडी चलाउन पाउनुभएन । व्यक्तिको ट्रक चलाउने काम पाउनुभयो । ९ महिना पनि चलाउन नपाउँदै ट्रक दुर्घटनामा एक जना पाकिस्तानीको ज्यान गएपछि उहाँ जेल पर्नुभएको छ । 

यसरी भयो दुर्घटना 

रामचन्द्रले सधैँ जस्तै त्यो दिन पनि काम सकेर ट्रक पार्किङमा राख्नुभएको थियो । पार्किङमा राखिएको ट्रकमा पाकिस्तानीहरु चढेको कार ठोक्कियो र एक जना पाकिस्तानीको ज्यान गयो । ‘तर पाकिस्तानीहरु धेरै भएकाले ट्रकको छेउमा रक्सीका बोतल राखेर रक्सी खाएर चलाएकाले दुर्घटनामा भएको भन्दै फसाएछन्’ श्रीमानले फोनमा भनेका कुरा सम्झिँदै सरिताले भन्नुभयो, ‘फोनमा उहाँ मेरो दोष केही छैन भन्नुहुन्छ’ रामचन्द्रले आफूले दुर्घटना नगरेको बताएपनि अदालतको फैसलामा उल्लेख गरिएको विवरणमा त्यस्तो छैन । 

अदालतले लावरवाही तरिकाले गाडी चलाएर दुर्घटना गराएको भन्दै साउदी रियाल ३ लाख अर्थात नेपाली ९० लाख रुपैयाँ ब्लड मनी पीडित परिवारलाई दिनुपर्ने निर्णय सुनाएको छ । दुर्घटनामा ज्यान जाने पाकिस्तानीका आफन्त साउदीमै भएकाले रामचन्द्रले पाकिस्तानीसँग व्लड मनीका बारेमा छलफल गर्दा गर्दै अदालतले यस्तो फैसला गरेको श्रीमती सरिताले बताउनुभयो ।

‘उहाँले त्यो पाकिस्तानीको परिवारसँग आफ्नो अवस्था बताएर दुवै पक्षबिच कुरा मिलाउने प्रयास गरिरहनुभएको थियो रे’ सरिताले भन्नुभयो, ‘तर त्यही बिचमा अदालतले फैसला गरेपछि उहाँ मात्रै होइन हामी पनि के गर्ने के नगर्ने रनभुल्लमा परेका छौं ।’

६ लाख ऋण तिर्न नसकेर जानुपर्यो विदेश 

तीन वर्ष अघिसम्म रामचन्द्र काभ्रेमै गाडी चलाउनुहुन्थ्यो । पनौती–काठमाडौं रुटमा चलाउन ६ लाख रुपैयाँ ऋण लिएर मिनिबस किन्नुभएको थियो । तर त्यसबाट हुने कमाइले घर खर्च मात्रै चल्यो गाडी किन्दाको ऋण तिर्न सक्नुभएन । गाडीको कमाईले घर खर्च चले पनि ऋणको किस्ता तिर्नै हम्मेहम्मे पर्न थाल्यो रामचन्द्रलाई । त्यसैले उहाँ पहिलो पटक कतार जानुभयो । कतारको काम र कमाई चित्त नबुझेपछि १३ महिना बसेर नेपाल फर्किनुभयो । नेपालमा काम गर्न खोज्दाको ऋण व्याजले गर्दा बढेको बढ्यै भएपछि उहाँ त्यही ऋण तिर्न फेरी साउदी अरव जानुभएको हो । रामचन्द्र विदेशिनुको पछाडी ऋणसँगै छोरा छोरीलाई राम्रो पढाउने सपना पनि थियो । 

‘दुई वटा छोरा ७ र ५ वर्षका भए । उनीहरुकै भविष्य राम्रो बनाउने भन्ने सपना बोकेर जानुभएको थियो तर विपत आइप¥यो’ भन्न नपाउँदै केहिवेर अघिसम्म टाठो रहेको सरिताको आवाज निक्कै मलिन भयो । 

सरकारी पक्षबाट न देशमा सहयोग न विदेशमा 

अप्ठ्यारोमा परेपछि प्रशासन, मन्त्रालय र विभागसम्म पुगेका रामचन्द्रको परिवारले सहयोग नपाएको गुनासो गरेका छन् । श्रीमानलाई जेलबाट छुटाउन सहयोग माग्दै सरिता जिल्ला प्रशासनदेखि मन्त्रालय हुँदै वैदेशिक रोजगार विभागसम्म पुग्नुभयो । तर सहयोग त परैको कुरा त्यहाँबाट पाएको जवाफ सम्झिँदा पनि नरमाइलो लाग्छ सरितालाई । ‘यसरी अप्ठ्यारोमा परेँ भनेर आउने त कति हुन्छन् अनि सबैलाई कसरी सहयोग गर्नु भन्ने जवाफ पाएँ’ सरिताले सुनाउनुभयो । 

नेपालमा मात्रै होइन रामचन्द्रले साउदीमा पनि सरकारी निकायलाई गुहार्नुभयो तर त्यहाँ पनि उहाँको आग्रहको कुनै सुनुवाई भएन । ‘अप्ठ्यारामा परेका आफ्ना नागरिकलाई दुतावास, प्रवासी सङगठन र अरु संघ संस्थाले सहयोग गरेको देखेको थिएँ त्यही भएर सबै ठाउँमा आग्रह गरें तर केहि सहयोग भएन’ श्रीमानले भनेका कुरा सुनाउँदै सरिताले भन्नुभयो, ‘नेपाली दूतावासमा धेरै पटक फोन गर्दा पनि यत्रो १५ महिनामा सोध्दै खोज्दै अहिलेसम्म कोहि पनि गएका छैनन् रे ।’

सबैको सहयोग भए जेलबाट निकाल्न सकिन्थ्यो

रामचन्द्रलाई जेलबाट छुटाउन अदालतले तोकेको ९० लाख जुटाउन असम्भव जस्तै भएपनि उहाँको परिवार सबैको सहयोग भए त्यसलाई सम्भव बनाउन सकिने आशामा छ । ‘हामी एक्लैले त के गर्नु र तर सबैले सहयोग गर्नुभयो भने छोरालाई पक्कै जेलबाट निकाल्न सकिन्थ्यो’ बुहारीसँगै रहेका शेषनारायणले भन्नुभयो । 

तिमिल्सिना परिवार अहिले एक थुकी सुकी सय थुकी नदी भने झैं सबैको सहयोगको पर्खाइमा छ । विदेशबाट सहयोगको आश्वासन आएकाले सरिताले राष्ट्रिय वाणिज्य बैंकको बनेपामा रहेको शाखामा खाता खोल्नुभएको छ । रामचन्द्रका लागि सहयोग गर्न चाहनेले यही १८१०००३८९३१० नम्बरको खातामा पैसा जम्म गरिदिन सक्ने सरिताले बताउनुभयो । 

रामचन्द्रलाई अदालतले अरु नभई ब्लड मनी जम्मा गर्न आदेश दिएकाले ब्लड मनी मार्फतको ९० लाख जुटाएको दिन उहाँलाई छुटाउन सक्ने आशामा रहेको काभ्रेकै भोजराज तिमिसिल्ना बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘ लड मनी जम्मा गरेपछि रिहा गरिने अरु कुनै सजाय नभएकाले एक दिन पक्कै पैसा जुटाउन सकिएला भन्ने आशामा छौँ ।’


मोहन पौडेल/उज्यालो अनलाइन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी