Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

वैदेशिक रोजगार वोर्डका कर्मचारी कोरोना संक्रमित, अब कसरी सेवा लिने ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १७, काठमाडौँ | वैदेशिक रोजगार वोर्डका एक कर्मचारी कोरोना संक्रमित भएका छन् । यसअघि वैदेशिक रोजगार श्रम कार्यालय ताहाचलका कर्मचारी कोरोना संक्रमित भएका थिए ।

आफ्ना एक कर्मचारी संक्रमित भएपछि आइतबार छलफल गरि कार्यालय खुल्ने नखुल्ने निर्णय लिने वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले साझा सबाल मिडियालाई बताए । वोर्डमा कार्यरत कर्मचारी संक्रमित भएपछि अन्य कर्मचारीको समेत कोरोना परीक्षण गराउनुपर्ने भएकाले वोर्डको नियमित काम प्रभावित हुनसक्ने बुझिएको छ ।

निर्देशक श्रेष्ठले सेवाग्राहीहरुलाई वोर्डले दिने सेवाको फोन वा अनलाइनबाटै जानकारी तथा सेवा लिन आग्रह गरेका छन् । श्रेष्ठले वोर्डको सेवा लिन ११४१ मा फोन गरेर वा [email protected] मा इमेल गर्न अनुरोध गरेका छन् ।

बैदेशिक रोजगार र्वोडले के कस्ता काम गर्छ ?

वैदेशिक रोजगार वोर्डले मूख्यरुपमा विदेशमा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एंव अंगभंग भएकालाई उपचार खर्च, बिदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामुलक कार्यक्रमहरु संचालन, बिदेशमा सुरक्षित गृह संचालन गर्ने कार्य गर्दै आएको छ ।