२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशकपछि बझाङमा जहाज सञ्चालन हुने अपेक्षा

१८ आश्विन २०७७, आईतवार ०२:३७

असोज १८, बझाङ | करिब एक दशकपछि यहाँ पुनः हवाईयातायात सञ्चालन हुने सम्भावना बढेको छ । सरकारका उच्च अधिकारीले शनिबार यहाँको विमानस्थलको निरीक्षण गरेपछि बझाङमा पनि जहाज सञ्चालन हुने सङ्केत देखिएको हो । विसं २०६५ देखि बन्द रहेको विमानस्थलमा परीक्षण उडानका क्रममा शनिबार समिट यएरको ट्वीनअटर जहाजले सफल अवतरण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरलगायत जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले विमानस्थलको निरीक्षण गर्नुभएको हो ।

विमानस्थल परीक्षणकै क्रममा रहेको दिपायल विमानस्थलमा निरीक्षण गरी साढे १२ बजे दिपायलबाट बझाङ उडेको जहाज १२:४५  मा देवल विमानस्थलमा अवतरण भएको हो । जहाजलाई नियमित उडान भर्नका लागि विमानस्थल योग्य छ कि छैन भनेर निरीक्षण गर्नका लागि मन्त्री भट्टराईसहित अन्य नेता र विमानका क्षेत्रीय निर्देशकलगायतको टोली बझाङ पुगेको हो ।

विमानस्थल कालोपत्रको समयभन्दा अघि स्थलगत परीक्षण गरिएको विमानस्थलमा दोस्रोपटक सफल अवतरण गरिएको हो । 

यसअघि पनि नेपाली सेनाको हेलिकोप्टरमार्फत हवाई निरीक्षण गरिएको थियो । कालोपत्रको काम सम्पन्न भएपछि शनिबार मन्त्री भट्टराईलगायतको टोलीले निरीक्षण गरेको हो । निरीक्षणका क्रममा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भट्टराईले बझाङको विमानस्थलमा दुवैतिरबाट अवतरण गर्न सकिने भएकाले सुदूरपश्चिमका अन्य पहाडी जिल्लाभन्दा सहज रहेको बताउनुभयो । मन्त्री भट्टराईले भन्नुभयो, “बझाङमा जहाजले उडान भर्ने भएपछि यहाँका अथाह पर्यटकीय सम्भावना बोकेका खप्तड, साइपाललगायत क्षेत्रमा पर्यटकलाई भित्र्याउन सकिन्छ । साथै यहाँका जनताको आयस्रोतमा पनि वृद्धि हुनेछ ।”

यस्तै बझाङ विमानस्थलको निरीक्षणको क्रममा बझाङ पुगेका समिट एयरका क्षेत्रीय निर्देशक सरोजप्रसाद उप्रेतीले बझाङ विमानस्थलमा सफल परीक्षण भएको भन्दै आगामी दिनमा जहाज उडाउनका लागि सरोकारवालाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । बझाङमा नियमित जहाज उडाउने कुरामा आफूहरुले कसरी अगाडि बढ्न सकिन्छ भनेर सल्लाह गर्ने उप्रेतीले बताउनुभयो ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले भौगोलिक विकटता र जनसङ्ख्याको चाप कम भएका कारण जहाज नियमित उडान हुने कि नहुने भनेर अहिले भन्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “बझाङमा जनसङ्ख्याको चाप कम भएको र जहाज नियमित उडान गर्न निजी जहाज कम्पनीले मान्ने/नमान्ने कुरामा निर्भर गर्छ । बझाङबाट आगामी दिनमा प्रदेश राजधानीको विमानस्थलमा नै जहाज उड्ने र त्यहाँसम्मका लागि यात्रुहरुले रु तीन हजार ५०० देखि रु चार हजारसम्म तिर्नुपर्ने देखिन्छ ।” विमान सेवा सञ्चालन हुनुपर्ने माग गर्दै पटक–पटक केन्द्रसम्म धाएका यहाँका स्थानीयवासी परीक्षण उडान शुरु भएपछि खुशी भएका छन् । हप्तामा कम्तीमा दुई उडान हुनसके यहाँका बासिन्दालाई राहत हुने र जिल्लाको पर्यटन प्रवद्र्धन हुने उनीहरुको भनाइ छ ।

विसं २०३५ मा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलोपटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमानस्थल विसं २०६५ सम्म सञ्चालनमा थियो । पछिल्लो समय निगमबाहेकका निजी विमान कम्पनीले पनि बझाङबाट नेपालगञ्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । विसं २०६५ मा बझाङ सदरमुकामसम्म बस चल्न थालेपछि यो विमानस्थलमा कुनै पनि उडान भएका छैनन् । विसं २०६६ मा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो ।

बढीजसो बझाङ–नेपालगञ्ज उडान सञ्चालन गर्ने विमान कम्पनीले नेपालगञ्जबाट बझाङ आउने यात्रुको चाप घट्दै गएका कारण उडान बन्द गरेको बताएका थिए । यद्यपि धनगढी–बझाङ उडान सञ्चालन गर्न सके दैनिक दुई÷तीनवटासम्म ट्वीनअटर उडान गर्न सकिने सम्भावना रहेको विमान कम्पनीले बताउँदै आएको तर धनगढी विमानस्थलमा विमानलाई राति राख्न मिल्ने व्यवस्था नभएको भन्दै उनीहरु नै बझाङमा उडान भर्न आनाकानी गर्दै आएका छन् ।

विमान सञ्चालन हुन छाडेपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका कर्मचारीलाई अन्तै सरुवा गरेको छ । हाल बेवारिसेजस्तै बनेको विमानस्थल स्थानीयवासीको खेलमैदान र गौचरनमा परिणत भएको छ भने विमानस्थलस्थित टावर रहेको भवन स्थानीय केटाकेटीको शौच गर्ने ठाउँमा परिणत भएको छ । केही वर्षअघि मात्र निर्माण सम्पन्न भएको उक्त भवनका झ्यालढोकामा रहेका शिशा पनि फुटाइएका छन् । हिउँदे वर्षा भएको बेला र बर्खाको समयमा विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेका कारण आपत्कालीन बिरामीले वर्षेनी ज्यान गुमाउने गरेका छन् भने यात्रुले पनि सास्ती भोग्दै आएका छन् ।

गत वर्ष असारदेखि भदौसम्म तीन महिनाको अवधिमा बझाङलाई अन्य जिल्लासँग जोड्ने जयपृथ्वी राजमार्ग पटक–पटक गरी ४१ दिन अवरुद्ध भएको थियो । यस अवधिमा उपचारका लागि धनगढी लैजाँदै गरेका पाँच बिरामीले बाटैमा ज्यान गुमाउनुपरेको थियो । अब नियमित उडान भर्न सके धेरैको ज्यान जोगिने स्थानीयवासी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताए आजदेखि पाँच रुपैयाँका १० लाख थान नयाँ नोट चलनचल्तीमा आज सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ? माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे