२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाढीपहिरोबाट १० को मृत्यु, २५ घर विस्थापित

१८ आश्विन २०७७, आईतवार ०३:२२

असोज १८, पर्बत | यस वर्षको मनसुन शुरु भएयता पर्वतमा बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट १० जनाको ज्यान गएको र तीन घाइते भएका थिए । मनसुन शुरु हुनेबित्तिकै पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा नौ जनाको ज्यान गएको थियो ।

जेठ ३१ राति पहिरोले घर पुरिँदा नौ जनाको ज्यान गएको थियो । पहिरोले तीन घरमा प्रत्यक्ष असर गरेकामा कमला विक र तुलबहादुरको घरपरिवारका सबैको ज्यान गएको थियो । त्यस्तै भदौ २९ गते फलेवास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको ज्यान गएको छ । घरमाथिबाट आएको पहिरोले मुडिकुबाका इन्द्रजित विकको घर पुरिँदा उहाँकी तीन वर्षीया नातिनी ऋतिका विकको मृत्यु भएको थियो । पहिरोमा परी ऋतिकाकी आमा सेती विक र अन्य दुई जना सामान्य घाइते हुनुभएको थियो ।

पहिरोमा परी जिल्लाभर झण्डै २५ घर पूर्णरूपमा विस्थापित बनेका छन् भने १०० भन्दा बढी घर जोखिममा परेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । जसमा कुश्मा नगरपालिका, फलेवास नगरपालिका र पैँयु गाउँपालिका र जलजला गाउँपालिकाका निजी घर पहिराले क्षति पुर्याउनुका साथै बस्ती जोखिममा छन् । पहिराका कारण कुश्मा नगरपालिका खुर्काेटमा ५० घरधुरी र फलेवास नगरपालिका कुर्घालगायत २५ वडाका केही घरधुरी जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने प्रजिअ रेग्मीले बताउनुभयो । प्रजिअ रेग्मीका अनुसार जिल्लाका जोखिमयुक्त ठाउँ र जिल्लामा विपद्बाट पुगेको क्षतिका बारेमा विपद् व्यवस्थापन समितिको बैठक बसी मन्त्रालयमा पठाइसकिएको छ ।

जेठयता जिल्लामा हालसम्म बाढीपहिरोबाट ज्यान गुमाएका तथा आवासविहीन बनेका परिवारलाई गरी रु १९ लाख ९३ हजार राहत वितरण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिप्रका पर्वतका लेखापाल यामनाथ पौडेलका अनुसार घर पूर्ण क्षतिमा परेर विस्थापित बनेका २५ परिवारका लागि एकमुष्ट रु आठ लाख ९१ हजार, पहिरोबाट ज्यान गुमाएका मृतक परिवारलाई एकमुष्ट रु ११ लाख राहत वितरण भएको छ । उहाँका अनुसार गण्डकी प्रदेश सरकारबाट प्रतिमृतक व्यक्तिलाई रु ५० हजारका दरले रु पाँच लाख वितरण भएको छ । ढीपहिरोपीडितलाई अन्य सामाजिक सङ्घसंस्थाबाट पनि सहयोग सामग्री प्राप्त भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट