५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा दुई सातामै १८ फरार प्रतिवादी पक्राउ

१८ आश्विन २०७७, आईतवार ०५:००

असोज १८, पर्वत । पछिल्लो दुई सातायता पर्वत प्रहरीले फरार प्रतिवादी पक्राउमा सक्रियता बढाएको छ । अदालतबाट दोषी ठहर भएर लामो समयदेखि फरार रहेका प्रतिवादी धमाधम पक्राउ गर्न थालिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुई सातामा १८ फरार प्रतिवादी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि १७ वर्षदेखि फरार सूचीमा रहेकी श्यामला क्षेत्रीलाई पर्वत प्रहरीले असोज १४ गते कुश्माबाट पक्राउ ग¥यो । पर्वत जिल्लाको फलेवास नगरपालिकाकी ५० वर्षीया क्षेत्रीलाई कुश्माबजारमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यस्तै सर्वोच्च अदालतले विसं २०६० मै दोषी ठहर गरे पनि पक्राउ पर्न नसकेकी क्षेत्रीले दुई वर्ष पाँच महिना पाँच दिन सजाय भुक्तान गर्न बाँकी भए पनि पक्राउ परेकी थिइनन् ।

सवारी ज्यान मुद्दामा अदालतबाट विसं २०६७ मा दोषी ठहर भएका मोदी गाउँपालिका–६ तिलहारका ३५ वर्षीय दीपेन्द्र सुनार पनि १० वर्षपछि पक्राउ परे । पर्वत जिल्ला अदालतबाट एक वर्ष ११ महिना दुई दिन सजाय पाएका सुनारलाई प्रहरीले असोज १२ गते पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भए पनि लुकीछिपी बस्दै आएका क्षेत्री र सुनारजस्तै लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पर्वत प्रहरीले पक्राउ गर्न थालेको हो ।

बैकिङ कसुरमा उच्च अदालत तुलसीपुर, मुकाम बुटवलबाट विसं २०७६ वैशाख ८ मा गरेको फैसलाबाट दोषी ठहर भएका पर्वतको जलजला गाउँपालिका वडा नं २ का ३० वर्षीय कृष्णबहादुर कार्कीलाई पनि उनकै घरबाट पक्राउ गरेको छ । बुटवलबाट घरमा आई लुकीछिपी बसेको अवस्थामा कार्कीलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतको मुद्दा शाखाका प्रमुख प्रहरी नायब निरीक्षक मोहन खड्काका अनुसार जुवा मुद्दामा सजाय पाएर फरार सूचीमा रहेका छ पक्राउ परेका छन् भने कर्तव्य ज्यान मुद्दामा फरार सूचीमा रहेका दुई पक्राउ परेका छन् । लागुऔषध, बैकिङ कसुर, भ्रष्टाचार मुद्दा, सवारी ज्यान र केही सार्वजनिक मुद्दाका एक–एक, झुटो विवरण पेश गरी नागरिकता लिएका दुई तथा जालसाज मुद्दाका तीन जना प्रतिवादी पक्राउ परिसकेका छन् ।

पर्वत प्रहरीले यस अवधिमा पक्राउ गरेका फरार प्रतिवादीबाट पाँच वर्ष तीन महिना दुई दिन कैद र रु ११ लाख ४८ हजार १०० जरिवाना असुल गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताउनुभयो ।

अदालतबाट दोषी ठहर भए पनि समाजमा लुकीछिपी बस्ने फरार प्रतिवादी पक्राउ नपर्दा समाजमा अपराधका घटनाले प्रोत्साहन पाउँदै आएका छन् । साजय पाएका व्यक्ति खुला हिँड्दा निरपराध मानिसको मनोवलसमेत खस्कने गरेको छ । पर्वत जिल्लामा फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको र यसमा सफलता मिल्दै गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो ।

बाढीपहिरोबाट १० को मृत्यु, २५ घर विस्थापित

यस वर्षको मनसुन शुरु भएयता पर्वतमा बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट १० जनाको ज्यान गएको र तीन घाइते भएका थिए । मनसुन शुरु हुनेबित्तिकै पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा नौ जनाको ज्यान गएको थियो ।

जेठ ३१ राति पहिरोले घर पुरिँदा नौ जनाको ज्यान गएको थियो । पहिरोले तीन घरमा प्रत्यक्ष असर गरेकामा कमला विक र तुलबहादुरको घरपरिवारका सबैको ज्यान गएको थियो । त्यस्तै भदौ २९ गते फलेवास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको ज्यान गएको छ । घरमाथिबाट आएको पहिरोले मुडिकुबाका इन्द्रजित विकको घर पुरिँदा उहाँकी तीन वर्षीया नातिनी ऋतिका विकको मृत्यु भएको थियो । पहिरोमा परी ऋतिकाकी आमा सेती विक र अन्य दुई जना सामान्य घाइते हुनुभएको थियो ।

पहिरोमा परी जिल्लाभर झण्डै २५ घर पूर्णरूपमा विस्थापित बनेका छन् भने १०० भन्दा बढी घर जोखिममा परेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । जसमा कुश्मा नगरपालिका, फलेवास नगरपालिका र पैँयु गाउँपालिका र जलजला गाउँपालिकाका निजी घर पहिराले क्षति पु¥याउनुका साथै बस्ती जोखिममा छन् । पहिराका कारण कुश्मा नगरपालिका खुर्काेटमा ५० घरधुरी र फलेवास नगरपालिका कुर्घालगायत २५ वडाका केही घरधुरी जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने प्रजिअ रेग्मीले बताउनुभयो । प्रजिअ रेग्मीका अनुसार जिल्लाका जोखिमयुक्त ठाउँ र जिल्लामा विपद्बाट पुगेको क्षतिका बारेमा विपद् व्यवस्थापन समितिको बैठक बसी मन्त्रालयमा पठाइसकिएको छ ।

जेठयता जिल्लामा हालसम्म बाढीपहिरोबाट ज्यान गुमाएका तथा आवासविहीन बनेका परिवारलाई गरी रु १९ लाख ९३ हजार राहत वितरण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिप्रका पर्वतका लेखापाल यामनाथ पौडेलका अनुसार घर पूर्ण क्षतिमा परेर विस्थापित बनेका २५ परिवारका लागि एकमुष्ट रु आठ लाख ९१ हजार, पहिरोबाट ज्यान गुमाएका मृतक परिवारलाई एकमुष्ट रु ११ लाख राहत वितरण भएको छ । उहाँका अनुसार गण्डकी प्रदेश सरकारबाट प्रतिमृतक व्यक्तिलाई रु ५० हजारका दरले रु पाँच लाख वितरण भएको छ । ढीपहिरोपीडितलाई अन्य सामाजिक सङ्घसंस्थाबाट पनि सहयोग सामग्री प्राप्त भएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले १६ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई छलफलमा बोलाए बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु तोकिएको समयभित्र दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ : पृथ्वीसुब्बा गुरुङ घनश्याम उपाध्यायले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ कारेड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे गभर्नरमा डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी भारतमा सिकेको स्याउखेतीको सीपलाई मुस्ताङमा ब्यूँताउने जमर्को तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री डा. आरजु राणा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारे कानुन समितिको वार्षिक प्रतिवेदन पारित, संसद्को आगामी बैठकमा पेस गर्ने प्रचण्डले तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरे सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : केपी शर्मा ओली राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह शिक्षकहरूको सडक आन्दोलनले गर्दा सर्वसाधारणलाई सास्ती नेपाल सरकारका मुख्य सचिव अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताए हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अतिरिक्त सचीव अनावश्यक रहेको बताए नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिए नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन