2026-09-05 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ताहचल कार्यालयबाट सोमवार देखि श्रम स्वीकृति लिन पाइने

असोज १८, काठमाडौं । वैदेशिक रोजगार कार्यालय, ताहचलले सोमवार देखि श्रम स्वीकृति दिन सुरु गर्ने भएको छ । भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तब्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीहरुको समस्यालाई मध्यनजर राखी १९ गते सोमबार बाट सावधानीपूर्वक सिमित सेवा संचालन गरिन लागेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी टिकामणि नेउपानेले साझा सबाललाई जानकारी दिए  ।

कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधबारबाट बन्द गरिएको थियो । सबै कर्मचारीको पिसिआर परीक्षण गरिएको छ रिपोर्ट आउँ बाँकि छ नेउपानेले भने ‘हाललाई अत्याश्यक भएकालाई प्राथमिकता दिनेगरी सिमित सेवा दिन लागिएको हो, कर्मचारीहरुको पिसिआर रिपोर्ट आएपछि थप के गर्ने निर्णय हुनेछ । 

सेवाग्रहीहरुले सामाजिक दूरी का साथै स्वास्थ्य सम्बन्धी सुरक्षाका अन्य मापदण्डको पालना अनिवार्य रुपमा गरी सहयोग गर्न उनले अनुरोध गरेका छन् । सामाजिक दूरी कायम गर्न कार्यालय परिसरमा लगाइएको गोलो चिन्हमा रहेर मात्र सेवा लिन र सोपूर्व साबुनपानीले हात धुन अनिवार्य गरिएको उनले बताए । तत्काल रोजगारीमा जानु नपर्नेहरुलाई अबको दुई हप्तासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिन समेत कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल