२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वाढि पहिरो पीडितलाई फलेबास नगरपालिकाको जस्तापाता सहयोग

२१ आश्विन २०७७, बुधबार ०२:१२

 

पर्वतको फलेवास नगरपालिकाले बाढि पहिरो पीडितलाई जस्तापाता वितरण गरेको छ । भदौको अन्तिम साता परेको बर्षाका कारण क्षति पुगेका जोखिमयुक्त फलेवास नगरपालिका- ६ देविस्थानका ११ घरपरिवारलाई जस्तापाता गरेको हो ।


बाढि र पहिरोवाट घर भत्केर नयाँ बनाउन नसक्नेलाई जस्तापाता र छानो चुहिएर बस्न नमिल्ने अवस्थाका व्यक्तिलाई जस्तापाता वितरण गरेको फलेवास नगरपालिका -६ देविस्थानका वडा अध्यक्ष भोलानाथ भुषालले जानकारी दिनुभयो । राहात पाउनेमा स्थानीय किरण श्रेष्ठ, खगराज शर्मा,योगप्रसाद भुसााल,नेत्र प्रसाद पाध्या, दुर्गीकुमारी पौडेल, ध्रुवप्रसाद श्रेष्ठ, टुल्कीकुमारी पंगाली, यामवहादुर थापा, प्रकास चपागार्ई, अर्जुन नेपाली र मिठे नेपाली रहेका वडा अध्यक्ष भुषालले जानकारी दिनुभयो ।


भदौको अन्तिम साता परेको अविरल बर्षा सँगै आएको बाढि पहिरोले फलेवास नगरपालिका अधिकाँश क्षेत्रमा जनधन तथा पशुचौपायामा क्षति पुर्‍याएको थियो । नगर प्रमुख पदमपाणी शर्माले बाढि पहिरोले क्षति पुर्‍याएर घर बनाएर छानो हाल्न नसकेका तथा घर चुहाएर बस्न नमिल्ने अवस्थाकालाई वडा र प्रहरी चौकीको मुजुल्काका आधारमा जस्तापाता वितरण गरेको बताउनु भयो ।



साथै उहाँले प्राकृतिक विपद जतिबेला पनि आउने भएकाले सजग र सचेत रहन नगरवासीलाई आग्रह गर्नुभयो ।
वडाअध्यक्ष भुसालले वडा भित्र मानवीय क्षति नभएको खुशी व्यक्त गदै वडावासीको समस्या समाधानमा आफु हरपल हरक्षण तयार रहेको जिकिर गर्नुभयो । यहाँले वडाको विकास एक्लै सम्भव नभएको बताउँदै वडाको विकासमा हातेमालो गर्न सबैलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य कुलप्रसाद श्रेष्ठ र कार्यक्रमको संचालन वडा सहायक उत्तम घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य