२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत सुनचाँदी व्यवसायी संघमा समुदाय प्रहरी साझेदारी कार्यक्रम

२१ आश्विन २०७७, बुधबार ०२:२०

 पर्वत सुनचाँदी व्यवसायी संघमा चाडपर्वलाई लक्षित गरेर व्यवसाय सुरक्षाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सुनचाँदी व्यवसाय सम्मानित पेशा भएको बताउँदै यसको सुरक्षामा प्रहरी प्रशासन सदैव सक्रिय रहेको बताउनुभयो ।

उहाँले विश्वभर फैलिएको कोरोनाको संन्त्रास र सुरक्षालाई ध्यानमा राखेर व्यवसाय संचालन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । प्रजिअ रेग्मीले भरपर्दो सुरक्षा रणनीति तथा योजना लागू गरेर व्यवसायिक वातावरण बनाइने बताउनु भयो । प्रजिअ रेग्मीले सुनचाँदी व्यवसायमा सुरक्षा र सावधानी दुवै आवश्यक रहेको बताउनुभयो ।


जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारीले पर्वत जिल्लामा शान्ति सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन आफु निरन्तर लागेको बताउँदै सुनचाँदी पसल तथा बैंक, वित्तीय संस्था भएको क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन टोल नै खटाइएको बताउनु भयो ।



उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले सुनचाँदी वहुमुल्य धातुको व्यवसाय भएकाले अस्पष्ट नीति नियमका कारण समस्या सिर्जना हुने गरेको बताउनुभयो । उहाँले सवै खालका व्यावसायहरुको सुरक्षाका लागि प्रहरी प्रशासनसँग संघले निरन्तर सहकार्य गरिरहेको बताउनुभयो ।


पर्वत सुनचाँदी व्यवसायी संघका अध्यक्ष ठाकुर वि पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कुश्मा नगरपालिका -१० पिपलटारीका वडा अध्यक्ष सुजन वि.क. फलेवास नगरपालिका- ११ पाङराङका वडा अध्यक्ष जितवहादुर सुनार, संघका निवर्तमान अध्यक्ष विकास सुनार, पुर्व अध्यक्ष लखन सुनार, संघका सल्लाहाकार, पदाधिकारी एवम् सदस्यहरुको उपस्थितिरहेको थियो ।
उक्त कार्यक्रमको संचालन संघका सचिव कुलवहादुर सुनारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ