२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल पठाउने कार्यविधि बनाउन सुरु, अबको कति महिनामा जान पाइन्छ इजरायल ?

२२ आश्विन २०७७, बिहीबार ०५:५०

असोज २२, काठमाडौँ | वैदेशिक रोजगारीको लागि नयाँ श्रम सम्झौता भएसंगै इजरायल रोजगारीको लागि नेपालीको लागि बाटो खुलेको छ । 

लामो समयदेखिको छलफललाई निश्कर्ष दिँदै गत सेप्टेम्बर ३० का दिन नेपाल र ईजरायलबीच श्रम सम्झौतामा हस्ताक्षर भएको थियो । सो सम्झौतामा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र ईजरायलको तर्फबाट ईजरायली परराष्ट्र मन्त्री H. E. Gabi Ashkenazi ले हस्ताक्षर गरेका थिए । 


उक्त निर्णयसंगै हजारौं नेपालीहरुले इजरायल रोजगारीमा जान पाइने बारे चासो र जिज्ञाशा राख्दै आएका छन् । सम्झौता भएपछि नेपालबाट नेपाली कामदार इजरायल पठाउने प्रक्रिया पारदर्शी बनाउन कार्यविधि बनाउन सुरु गरिएको छ ।

पहिलो चरणमा सरकारले युवाहरुलाई केयरगिभरका रुपमा इजरायल पठाउने प्रक्रिया पारदर्शी बनाउनको लागि कार्यविधि बनाउन सुरु गरेको जनाएको छ । उक्त कार्यविधि बनाएर युवाहरुलाई इजरायल रोजगारीमा पठाउन अझै कम्तिमा पाँच महिना लाग्ने जानकारी प्राप्त भएको छ । 

परीक्षणको लागि पहिलो चरणमा इजरायलले पाँच सय नेपाली कामदार  लैजाने सहमति गरेको छ । नेपालबाट कामदार लैजान आवश्यक समन्वय हुन सक्ने त्यसपछि थप नेपालीहरु अन्य पेशामा समेत रोजगारीको लागि जान पाउने बुझिएको छ । इजरायलमा रोजगारीमा जाने अधिकांश नेपालीहरुलाई केयरगिभरको रुपमा काम लगाइन्छ जसले जेष्ठ नागरिकको हेरचाह गर्नुपर्ने हुन्छ । यसका लागि जाने श्रमिकले स्वास्थ्य सम्बन्धि तालीम लिएको हुनुपर्ने बताइएको छ । नेपालबाट पठाइने कामदार दक्ष रहेको खण्डमा भविष्यमा थप कोटा ल्याउन सकिने विश्वास गरिएको छ, त्यसैले दक्ष कामदार पठाउनको लागि श्रम मन्त्रालयले उपयुक्त कार्यविधि बनाउने काममा जुटेको छ । 

यस अघि पनि नेपालीहरु केयर गिभरको रुपमा इजरायल गएका छन् । कतिपय नेपालीहरु अहिलेसम्म त्यहाँ कार्यरत छन् । त्यस्तै साना किसान बैंकको संयोजनमा कृषि क्षेत्रमा काम गर्नका लागि हरेक बर्ष १० महिने 'लर्न एण्ड अर्न' कार्यक्रम अन्तर्गत ३१ सय ६२ जना नेपाली इजरायल गइसकेका छन् ।

इजरायलमा ६० हजार विदेशी केयरगिभर छन्, यसअघि सन् २०१७ मा एक संस्थाले सार्वजनिक गरेको जानकारी अनुसार इजरायलमा झन्डै १५ प्रतिशत केयरगिभर नेपालका रहेका छन् । इजरायली श्रम कानूनले हप्तामा एक दिन कामदारलाई बिदाको ग्यारेन्टी दिन्छ, तर धेरै नेपाली हेरचाहकर्ताले थप पैसा कमाउनको लागि सातै दिन काम गर्ने छनौट गर्ने गर्छन् । 


नयाँ श्रम सम्झौता संगै नेपाली युवाहरुले सरकारीस्तरबाट केयरगिभरका रुपमा इजरायल जान पाउने आशा लिएको अवस्थामा सरकारी तहबाट यसको सदुपयोग नभएमा वा उपयुक्त तरिकाले इजरायल पठाउने कार्यबिधि नभए सम्झौता सम्झौतामा मात्र सिमित रहन सक्ने देखिएको छ । यस अघिपनि इजरायलमा नेपाली कामदार पठाउने सम्बन्धमा सम्झौता भएको भए पनि कार्यविधि नबनाउदा नेपालीहरु इजरायल रोजगारीमा जान सकेका छैनन् ।

सरकारले उपयुक्त कार्यविधि बनाएको अवस्थामा इजरायलले बर्षेनी थप कामदार लैजानको लागि बाटो खुल्ने विश्वास गरिएको छ । 

कति लागत लाग्ला ?

धेरै नेपालीको प्रश्न यो पनि छ कि इजरायल जान कति शुल्क लाग्छ ? सरकारी तवरबाट इजरायल जान धेरै खर्च लाग्दैन । यसअघि म्यानपावर कम्पनी मार्फतनै इजरायलमा रोजगारीमा गएकाहरुले साढे तीन लाख भन्दा बढी तिरेको बुझिएको छ । तर सरकारले इजरायल पठाउने भएमा त्यति धेरै शुल्क भने तिर्नु पर्दैन । त्यसो त अहिले पनि साना किसान कृषि सहकारी मार्फत बर्षेनी १० महिने तालिमको लागि नेपालीहरु इजरायल गईरहेका छन् । उनीहरुले इजरायल जान एक लाख भित्र टिकट सहित खर्च गरे पुग्छ । यसैलाई आधार मान्ने हो भने पनि इजरायल जान एक लाख भन्दा बढी खर्च लाग्दैन ।

त्यसो त सरकार मार्फत कोरिया जान पासपोर्ट बनाउनेदेखि कोरिया पुग्दासम्मको खर्च एक लाखसम्म लाग्ने गरेको छ । कोरिया जान लाग्ने लागतकै बराबर इजरायल जानको लागि लागत लाग्न सक्ने बुझिएको छ । तर यस सम्बन्धमा मन्त्रालयले कुनै धारणा व्यक्त गरेको छैन । कार्यविधि बनेर पहिलो चरणमा पाँच सय जना लैजाने प्रक्रियाको क्रमलाई बुझेर लागत बारे सरकारले जानकारी दिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो