३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका दुई सामुदायिक वनमा आगलागी

२२ आश्विन २०७७, बिहीबार १०:०१

असोज २२, बागलुङ (रासस) । गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । अझैसम्म आगो नियन्त्रणको प्रयास भएको छैन ।

भैँसे–दानसिङ सामुदायिक वनका सदस्य झङ्कबहादुर बस्नेतले आगो झन्झन् फैलिरहेको बताउनुभयो । “आगलागी भएको ठाउँमा म दुईपटकसम्म पुगेँ, धेरै मान्छे नजुटेसम्म आगो नियन्त्रणमा आउने अवस्था छैन”, उहाँले भन्नुभयो ।

आगलागी भएको ठाउँमा अहिलेसम्म कोही पनि नआएको उक्त वनका उपभोक्तासमेत रहनुभएका बस्नेतले जानकारी दिनुभयो । उहाँले वर्षौँदेखि वनमा थुप्रिएको सल्ली, खर, सुकेका काठ र पातपङ्तिगरले गर्दा आगो फैलिएको बताउनुभयो । 

ठूलाचौर सामुदायिक वन नजिकको खरबारीमा व्यक्तिले लगाएको आगो वनतिर सरेको स्थानीयवासीले बताएका छन् । आगो कस्ले लगायो भन्नेबारेमा केही थाहा हुन नसकेको जनाइएको छ । आगो लामदारा सामुदायिक वनतर्फ सोझिँदै गएको छ ।

समयमा नियन्त्रण नगरे पर्यटकीय लेक घुम्टेको जङ्गतर्फ आगो फैलिने सम्भावना रहेको बताइएको छ । आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय हरिचौरमा खबर गरिएको घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापाले बताउनुभयो । “प्रहरी र स्थानीयवासी मिलेर आगलागी नियन्त्रणको काम तत्काल थाल्नुपर्छ, नत्र रुख, वनस्पति, वन्यजन्तु र चराचुरुङ्गीको विनाश हुन सक्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड