८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

२५ आश्विन २०७७, आईतवार ०४:३१

असोज २५, कास्की |पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुछ्रे गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

दुर्र्घटना लगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्पतालमा पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको बताइन्छ । प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त