२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि सेवा बन्द

२०७७, २६ आश्विन सोमबार ०२:५३

असोज २६, गलकोट (रासस) । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द  गरेको छ । 

नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुिष्ट भएपछि  नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा बागलुङ बजारका स्थानीयमा कोरोना पुिष्ट भएपछि अनिश्चतकालका लागि नगरपालिकाको सेवा बन्द गरिएको उहाँले बताउनुभयो । 

बागलुङ जिल्लामा शनिबार मात्रै ४७ जनामा कोरोना पुष्टि भएका थियो । ती मध्ये अधिकांश बागलुङ बजार क्षेत्र आसपासका रहेका जनाइएको छ । नगरपालिकाको एक जना स्वास्थ्यकर्मी र एक जना जनप्रतिनिधिमा सङक्रमण भएपछि अहिले कन्ट्रयाक्ट ट्रेसिङ भइरहेका कारण नगरपालिकाको सेवा बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले बागलुङ बजारमा दशै तिहारको किनमेलका कारण अनावश्यक भीडभाड भएका कारण जोखिम बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गर्नुभयो । 

नगरपालिकाले नगरपालिकाको कार्यालय सहित १४ वटै वडामा अत्यावश्यक सेवा बाहेका काम बन्द गरिएको हो । बागलुङमा हालसम्म ५२५ जनालाई सङ्क्रमण भएको छ । ती मध्ये  ३६७ जना कोरोना मुक्त भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ । बागलुङमा हाल सक्रिय सक्रमितको सङ्ख्या १५७ जना रहेको छ ।  

राहत  हस्तान्तरण

वलेवा सेवा समाज जापानले जैमिनीका पहिरो पीडित नगद राहत रकम हस्तान्तरण गरेको छ ।सांसद डा सुर्य पाठकले समाजको तर्फवाट सङ्कलन गरिएको रु. ३ लाख ३७ हजार नगद राहत रकम पहिरो प्रभावित क्षेत्रमा पुगेर आइतबार हस्तान्तरण गर्नुभएको हो  । 

उक्त रकम जैमिनी नगरपालिका–१ टुनीबोट र सोही नगरपालिका–५ विनामारेका पहिरोमा परी मृतुभएका परिवार र पहिरोवाट घरमा क्षति भई विस्थापित भएको परिवारलाई नगद राहत हस्तान्तरण गरिइएको हो । गत भदौं २८ र २९ गते अविरल वर्षातका कारण गएको पहिरोले घर पुरिदा टुनिबोटमा दुई जनाको मृत्यु र ६ परिवार विस्थापित र विनामारेमा एक जनाको मृत्यु भएको थियो ।

पहिरोमा परी टुनीबोटमा मृत्यु भएका लक्ष्मीदेवि शर्मा र हरीकृष्ण शर्माको परिवार र विनामारेमा मृत्युभएको जालपादेवि शर्माको परिवार गरी जम्मा तीन जना पहिरो पीडितका परिवारलाई रु.३५ हजारका दरले, विस्थापित ६ परिवारलाई रु. ३२ हजारका दरले र पहिरोमा परी अभिभावक गुमाएका नावालक ५ जनाका दरले रु. ८ हजारका दरले गरी जम्मा रु. तीन लाख ३७ हजार वितरण गरेको स्थानीय विद्यालय जैमिनी प्राथमिक विद्यालयका प्रधानध्यापक ऋषिराम पौडेलले जानकारी दिनुभयो । 

। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर