साउन १४, अछाम | गत आर्थिक वर्ष २०७२।७३ मा जिल्ला प्रशासन कार्यालय अछामवाट राहदानी लिनेको संख्या अघिल्लो वर्षको भन्दा घटेको छ । आर्थिक वर्ष ०७१र७२ को भन्दा आर्थिक वर्ष ०७२र७३ मा झण्डै ४ सय ६० जना राहदानी लिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, अछाम | गत आर्थिक वर्ष २०७२।७३ मा जिल्ला प्रशासन कार्यालय अछामवाट राहदानी लिनेको संख्या अघिल्लो वर्षको भन्दा घटेको छ । आर्थिक वर्ष ०७१र७२ को भन्दा आर्थिक वर्ष ०७२र७३ मा झण्डै ४ सय ६० जना राहदानी लिन"/>
२२ मंसिर २०८२, आईतवार
अछाम - ACM

राहदानी लिने घटे, नागरिकता लिने बढे

१४ श्रावण २०७३, शुक्रबार १४:३५

साउन १४, अछाम | गत आर्थिक वर्ष २०७२।७३ मा जिल्ला प्रशासन कार्यालय अछामवाट राहदानी लिनेको संख्या अघिल्लो वर्षको भन्दा घटेको छ । आर्थिक वर्ष ०७१र७२ को भन्दा आर्थिक वर्ष ०७२र७३ मा झण्डै ४ सय ६० जना राहदानी लिने सेवाग्राही घटेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७२।७३ मा जिल्ला प्रशासन कार्यालय अछामवाट पाँउने गरी ५ सय ११ जना र राहदानी बिभागवाट पाँउने गरी सिफारिस लिएका १ हजार १४ जना गरेर कुल १ हजार ५ सय २५ ले सेवा लिएको तथ्यंक रहेको छ भने त्यस अघिको आर्थिक वर्ष ०७१।७२ मा १ हजार ९ सय ८५ जनाले सेवा लिएको तथ्यांक रहेको छ । जसमध्येमा पनि ५ सय ६२ ले जिल्ला प्रशासन कार्यालय अछामवाटै लिएका थिए भने राहदानी बिभागवाट लिने गरी एक हजार ४ सय २३ जनाले सिफारिस लिएका थिए । गत आर्थिक वर्ष ०७२र७३ को साउन १ देखी असार मसान्त सम्मको तथ्यांक हेर्दा राहदानीको सेवा लिने सेवाग्राहीमा त्यस अगिको आर्थिक वर्षको भन्दा घट्दो क्रम रहेको निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भूषालले जानकारी दिए । युवाहरुमा स्वदेशमै केही गर्नुपर्छ र स्वरोजगार बन्नुपर्छ भन्ने भावनाको विकास हुदै जानुले पनि यो संख्या घटेको हुनसक्ने भूषालको भनाई छ । पछिल्लो समय अछामी युवाहरुमा बिभिन्न ब्यावसाय तर्फ आर्कषण बढेको उल्लेख गर्दै भुषालले त्यसकारण पनि यो अवस्था आएको हुनसक्ने बताए ।

यसैविच गत वर्ष कार्यालयवाट नागरिकताको परिचयपत्र लिने सेवाग्राहीको संख्या भने बढ्दो क्रममा रहेको देखीएको छ । अगिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा ३ सय ४९ को संख्यामा सेवाग्राही बढेको पाईएको छ । आर्थिक वर्ष ०७१।७२ मा ३ हजार ८ सय ८२ जनाले नयाँ नागरिकताको प्रमाणपत्र लिएकोमा गत आर्थिक वर्ष ०७२र७३ मा भने ४ हजार २ सय ३१ ले सेवा लिएको तथ्यांक रहेको छ । कार्यालयवाट गत आर्थिक वर्षमा ७ सय ८३ जनाले नागरिकताको प्रतिलिपी लिएका छन भने त्यस अघिल्लो आर्थिक वर्षमा ६ सय ९२ जनाले प्रतिलिपी लिएको जिल्ला प्रशासन कार्यालय अछामको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य