३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म्यानपावर कम्पनी कुन राम्रो कुन नराम्रो भनेर छुट्याउने कार्य चुनौतिपूर्ण’

२६ आश्विन २०७७, सोमबार १४:२५

असोज २६, काठमाडौँ ।  नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) द्धारा माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर (एमआरए) को विषयमा सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा एक छलफल कार्यक्रम आयोजना गरिएको छ । वैदेशिक रोजगारलाई मर्यादित तथा सुरक्षित बनाउन अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले विभिन्न देशका ट्रेड यूनियनहरुसँगको सहकार्यमा माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर सञ्चालन गर्दै आएको छ ।

सो छलफलमा बोल्दै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले यो अवसर र चुनौति दुवै भएको धारणा राखे । उनले वैदेशिक रोजगारमा संलग्न कुन ईजाजतपत्रवाला संस्था (मेनपावर कम्पनी) राम्रो र कुन नराम्रो भनेर छुट्याउनु चुनौतिपूर्ण काम भएको बताए । तर यो जरुरी कार्य भएको भन्दै यसलाई पूर्व प्रस्थान अभिमुखिकरण तालिमको सहयोगि हुन सक्ने भन्दै यसका लागि सहकार्य गर्न आफू तयार रहेको कार्यकारी निर्देशक श्रेष्ठको भनाई थियो ।

कार्यकारी निर्देशक श्रेष्ठले रोजगारीका लागि नेपाली श्रमिक जाने मुलुकहरुलाई त्यहाँको श्रम कानुन, सामाजिक सुरक्षामा विदेशी श्रमिकको संलग्नता लगायतका आधारमा वर्गिकरण गर्नु उचित हुने भन्दै नेपाली आप्रवासी श्रमिकको सामाजिक सुरक्षामा संलग्नताका विषयमा ट्रेड यूनियनहरुले भूमिका खेल्न आग्रह गरे । उनले मलेशियाले सामाजिक सुरक्षा कार्यक्रम (सोक्सो) मा विदेशी श्रमिकलाई सहभागि गराउन थालिसकेको र हालसम्म १ लाख २५ हजार नेपाली श्रमिक त्यसमा सहभागि भएको जानकारी दिए । रोजगारदाताले मात्र रकम तिर्नुपर्ने सो कार्यक्रमबाट श्रमिकले राम्रो लाभ प्राप्त गर्न सक्ने उनको भनाई थियो ।


कार्यकारी निर्देशक श्रेष्ठले कोभिड १९ को महामारीका कारण नेपाल फर्किने श्रमिकको संख्या ठूलो हुने तर केहि समय पश्चात भनें पुनः पुरानै लयमा फर्किने विचार प्रकट गरे । उनले विदेशमा अलपत्र परेको नेपाली श्रमिकलाई स्वदेश फर्काउन विभिन्न जिम्मेवार निकायबीच नै प्रभावकारी समन्वय हुन नसकेको गुनासो गरे ।

सो अवसरमा बोल्दै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्टले सहकार्यमा विश्वास गर्ने भन्दै सहकार्यको माध्यमबाट नै बढी उपलव्धी हासिल गर्न सकिने बताए । उनले विगतमा वैदेशिक रोजगार, गैरसरकारी निकाय लगायतलाई हेर्ने जिफन्टको दृष्टिकोण फरक भएपनि त्यसमा परिवर्तन भइसकेको र ट्रेड यूनियन, सरकार, गैरसरकारी संघसंस्था, नीजि क्षेत्रबीच प्रभावकारी समन्वय हुनुपर्ने धारणा राखे ।

अध्यक्ष श्रेष्ठले जिफन्टले हङकङबाट सुरु गरेको प्रवासको कामलाई व्यवस्थीत रुपमा अगाडी बढाइएको भन्दै जुन देशमा नेपाली श्रमिक काम गर्छन्, त्यहि मुलकमा रहेको स्थानीय ट्रेड यूनियनको सदस्य बनाउने र उनीहरुलाई अधिकार दिलाउने मोडालिटी अपनाइएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले भने, जहाँ समस्या हुन्छ, त्यसको समाधान पनि हुन्छ र जहाँ चुनौति छ त्यहाँ सम्भावना पनि हुन्छ । उनले प्रवासी श्रमिकको अधिकारका लागि हातेमालो गरेर अगाडी बढ्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम) का अध्यक्ष अशोक रानाले समस्या मात्र खोज्ने नभई समस्याको समाधानका लागि पनि एकत्रित प्रयास हुन आवश्यक भएको धारणा राखे । उनले आप्रवासी श्रमिकका पक्षमा सवै सम्वद्ध निकाय एक हुन जरुरी रहेको बताए ।

कार्यक्रममा जिफन्ट महासचिव जनक चौधरीले सन् २०१६ देखि आइटीयूसी र जिफन्टको सहकार्यमा सञ्चालित माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर (एमआरए) लाई अझ प्रभावकारी बनाउन विभिन्न पक्षहरुसँग धेरैपटक छलफलहरु आयोजना गरिसकिएको जानकारी दिए ।

सो अवसरमा पिपुल फोरमका अधिवक्ता कृष्ण न्यौपाने, प्रवासी नेपाली समन्वय समितिका निर्देशक सोम प्रसाद लामिछाने, अखिल नेपाल ट्रेड यूनियन महासंघ (अण्टुफ) का दुर्गा प्रसाद खतिवडा, नेपाल ट्रेड यूनियन काँग्रेसको माइग्रेण्ट कमिटीका सचिव लक्ष्मण अधिकारी, नेपाल ट्रेड यूनियन काँग्रेस आवद्ध काउनका महासचिव प्रदीप आचार्य, नेपाल स्वतन्त्र यातायात व्यवसायी महासंघका अध्यक्ष भीम ज्वाला राई, क्यूपेक नेपालका महासचिव गोपाल कार्की लगायतले आगामी दिनमा गर्नुपर्ने कामका बारेमा सुझाव दिएका थिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली