Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एअर अरेबियाले सस्तोमा काठमाडौँको लागि नियमित उडान भर्दै, कति छ टिकट मूल्य ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २७, यूएई | एअर अरेबियाको आबुधाबी–काठमाण्डौ उडान सस्तोमा हुने भएको छ । एअरलाइन्सले अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो शनिबारदेखि  सातामा चार उडान गर्ने भएको छ ।

एयरलाइन्सले एकतर्फी उडानको न्यूनतम भाडादर २ सय १६ डलर अर्थात करिव २५ हजार पाँचसय रुपैयाँ तोकेको छ । यो शुल्क अहिले सबैभन्दा सस्तो हो ।

एयरलाइन्सको उडान तालिका एअरबस ए ३२० मार्फत सोमबार, बुधवार, शुक्रबार र शनिबार बिहान ९ बजे काठमाण्डौका लागि उड्नेछ । र सोहि दिन दिउँसो ३ बजे नेपाल अवतरण भई त्यसै दिन ३:४५ मा आबुधाबी फर्कनेछ ।

उक्त उडानममा यात्रा गर्नेहरुले उडान हुनुभन्दा बढीमा ७२ घण्टा भित्रको कोरोना परीक्षण नेगेटिभ भएको रिपोर्ट लिनुपर्छ । युएईको आबुधाबीबाट एअर अरेबियाले सस्तोमा उडान भर्ने भएपछि नेपालका एयरलाइन्सलाई पनि सस्तोमा टिकट दिन दवाब बढ्ने भएको छ । सस्तोमा उडान भर्ने भएपछि युएई जान चाहने वा युएईमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन सहज हुने भएको छ ।