३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट थप ३६ जना नेपालीले बहिर्गमन भिषा पाए (नामावली सहित)

३० आश्विन २०७७, शुक्रबार ०६:३१

असोज ३०, काठमाडौं । साउदी अरेबियामा अवैधानिक रूपमा बसेर काम गरिरहेका र भिषा नविकरण नभएका थप नेपालीलाई साउदी अरेवियाको सरकारले एक्जिट भिषा (बहिर्गमन भिषा) प्रदान गरेको छ । बहिर्गमन भिषा पाएपछि उनीहरु स्वदेश फर्किन पाउँछन् ।

दूतावास रियाद र वाणिज्य दूतावास जेद्धाका अनुसार बहिगर्मन भिषा फारम भरेकाहरुमध्ये ३६ जनाले बहिर्गमन भिषा पाएका हुन् । दूतावास रियादले बहिगर्मन भिसा पाउने नेपालीको नामावली आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको छ भने बाँकी बहिर्गमन भिषको लागि आवश्यक कार्य भइरहेको जानकारी समेत गराएको छ।

बहिर्गमन भिषा पाउनेले भिसा जारी मितिले ६० दिन भित्र साउदी अरेबिया छोडि सक्नुपर्नेछ । साउदी अरेबियामा कानुनी रूपमा लगभग ३ लाख १५ हजार नेपाली कार्यरत छन्।

दुतावासका अनुसार यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार १३१ जना नेपालीहरुलाई बहिर्गमन भिषा जारी गरेको छ । यसमध्ये १ देखि १,०९४ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको दुतावासले जनाएको छ ।

साथै, विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावास समक्ष वहिर्गमन भिषाका लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा बहिर्गमन भिषा लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्ने व्यहोरा दुतावासले जानकारी गराएको छ ।

दुतावासले बहिर्गमन भिषा जारी भएकाहरुले नेपाल जाने तयारी गर्न समेत अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए