३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक निर्माणसँगै गाउँमै मोटरसाइकल बिक्री

३ कार्तिक २०७७, सोमबार ०५:५८

कार्त्तिक ३, जाजरकोट । मुख्य सडकहरु जाजरकोट भएर जाने क्रम वृद्धिसँगै मोटरसाइकल कम्पनीका शाखाहरु स्थापना हुने क्रम बढेको छ । 

दुई वर्षअघि मोटरसाइकल खरिद गर्न नेपालगन्ज र सुर्खेत जाने जाजरकोटेलीहरु अहिले सदरमुकामै स्थापना भएका सोरुमबाट नै खरिद गर्ने गरेका छन् । जाजरकोट सदरमुकाम रहेको भेरी नगरपालिका भएर जाजरकोट–डोल्पा सडक खण्ड, जाजरकोट–जुम्ला र मध्यपहाडी लोकमार्ग सञ्चालन भएपछि मोटरसाइकलका सोरुम जिल्लामा भित्रने क्रम बढेको छ । जाजरकोट, रुकुम पश्चिम र डोल्पाको बीच भागमा पर्ने जाजरकोटमा अहिले सवारी साधन खरिद तथा बिक्रीको कार्य निकै बढेको छ । 

गत साउनदेखि असोजसम्म मात्र सदरमुकामबाट १२० भन्दा बढी मोटरसाइकल बिक्री भएको एमाह कम्पनीको अधिकारिका सोरुम तथा लक्की तथा आर्दश सप्लायर्सका प्रमुख नगेन्द्र शाहले जानकारी दिनुभयो । 

हालसम्म चार सय किलोमिटरभन्दा बढी आन्तरिक सडक निर्माण भएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिनुभयो । नलगाड जलविद्युत आयोजना (४१७) मेगावाट आयोजना समेत जाजरकोटमै निर्माण कार्य सुरु भएका कारण सडक तथा विद्युत लाइन विस्तार गर्न थप बल पुगेको छ ।

छिन्चु – जाजरकोट सडक भित्र ९ पुल निर्माण अन्तिम चरणमा पुगेका छन् । जाजरकोट – डोल्पा सडक खण्डमा १३ पुल निर्माण प्रक्रिया सुरु भएको सडक डिभिजन प्रमुख भट्टले बताउनुभयो । जिल्लामा केन्द्रीय विद्युतको सव स्टेशन निर्माणका लागि समेत सडक अनिवार्य भएकाले अहिले सडक निर्माण कार्य तीव्र पारिएको छ । विदेशी तथा स्वदेशी पर्यटकहरु समेत जिल्ला आउन सहज भएको छ । जिल्लाका आन्तरिक सडकमा समेत कालोपत्रको काम सुरु गर्न लागिएको वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले निजी क्षेत्र पनि जाजरकोटमा सशक्त हुँदै गएको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली