2026-09-12 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चार हजार बेरोजगार सूचीकृत

कात्तिक ३,रुकुमपूर्व । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम(पूर्व)मा करीब चार हजार  बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि जिल्लाका तीन गाउँपालकाबाट  चार हजार १६७ व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएका हुन् ।

सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।तोकिएको समयावधिभित्र फाराम भरेकाबाट वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार छानिई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको हो ।

सबैभन्दा बढी पुथाउत्तरगङ्गा गाउँपालिकाबाट एक हजार ८४३  बेरोजगार सूचीकृत भएको गाउँपालिकाका रोजगार संयोजक अनिता भुसालले बताउनुभयो । यस्तै सिस्ने गाउँपालिकाबाट एक हजार ६०६  बेरोजगार सूचीकृत भएको सिस्ने गाउँपालिका रोजगार संयोजक सुशीलाकुमारी सिंहले जानकारी दिनुभयो ।  सबैभन्दा कम भूमे गाउँपालिकाबाट ७१८  बेरोजगार सूचीकृत भएका छन् । सूचीकृतलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाले जनाएका छन् ।

विपन्नको खुशी 

सिस्ने –७ को एक विपन्न परिवारको नयाँ घर बनेको छ । विदेशमा रहेका युवाको सहयोगमा सिस्ने –७ नाथीगाडकी शान्तिदेवी विकको घर निर्माण भएको हो । गत भदौ ११ गते आएको हावाहुरीले विकको घरको छाना उडाइदिनाका साथै घर नै भत्किएको थियो । अहिले छिमेकीका घरमा आश्रय लिएर बसिरहनुभएकी विकको घर अमेरिका र भारतमा रहने ४९ युवाको सहयोग र स्थानीयवासीको रु ३० हजार बराबरको जनश्रमदानबाट निर्माण गरिएको छ । 

सिस्ने –७ का हाल अमेरिकामा रहनुभएका प्रेम रावतका नेतृत्वमा सङ्कलित रु चार लाख ४५ हजारले विकको नयाँ घर निर्माण भएको छ । विदेशमा सङ्कलित रकम सिस्ने –७ कै लालीगुराँस युवा विकास केन्द्रमा आएको थियो । आफ्नो संस्थामार्फत नै विकको नयाँ घर निर्माण गरिएको  केन्द्रका सचिव भूपेशकुमार पुनले बताउनुभयो । 

विकको परिवारका लागि जस्तापाताको छाना भएको घर निर्माण गरिएको र शौचालय बाँकी रहेको बताइएको छ । उक्त घर गाउँपालिकाका अध्यक्ष कुमारी बराल र उपाध्यक्ष गोबर्धन बुढाले विकलाई हस्तान्तरण गर्नुभएको छ । छिमेकीका घरमा आश्रय लिएर बस्दै आउनुभएका विक नयाँ घर पाएपछि खुशी हुनुहुन्छ । 

आफूसँग नागरिकता नभएका कारण सरकारी सेवा सुविधा उपयोग गर्न नपाएको विकको गुनासो छ । देश बाहिर रहेका युवाको सहयोगले एक विपन्न परिवारको बास जोडिएपछि सहयोगीदाताको परिवारलाई  गाउँपालिका अध्यक्ष बरालले सम्मान गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा