2026-07-25 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भेरी करिडोरमा पुल निर्माण तीव्र, दर्जन पुल निर्माण अन्तिम चरणमा

कार्त्तिक ४, जाजरकोट। भेरी करिडोरमा पुल निर्माण  तीव्र बनाइएको छ ।  करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माणको अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो ।

पश्चिम जाजरकोट हुँदै पूर्वी जाजरकोटबाट डोल्पा जोडिने भेरी करिडोरमा एकैसाथ दर्जन पुल निर्माण कार्य सम्पन्न हुन लागेका हुन् । भेरी करिडोरअन्तर्गत छेडागाड–जाजरकोट सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो । विसं २०७४ मा यो सडकखण्डमा पुलको कामका लागि सम्झौता गरिएको थियो । रसुवा सूर्य कन्स्ट्रक्शन जेभीले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलङ्गा सडकखण्डका छवटा पुल बनाउने गरी रु २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलङ्गा खण्डमा निर्माणाधीन छवटा पुलको काम अन्तिम चरणमा पुर्याएको छ ।

तोकिएको समयभन्दा ढिलो गरी निर्माणकार्य सम्पन्न हुन लागेका यस खण्डका पुलहरु डिजाइनमा समस्या आएपछि केही समय ढिला भएको रसुवा सूर्य कन्स्ट्रक्शन जेभीका सञ्चालक सूर्यबहादुर खड्काले बताउनुभयो । लामो समयपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण कार्य अगाडि बढेको छ ।

यस सडकखण्डको जिरोविन्दु पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलको लागि बोलपत्र आह्वान भएको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला ९खुमाउरी०, त्राँत्रगाडखोला र ताँसुखोला ९चौखा० मा पुल निर्माणका लागि काम शुरुको प्रक्रिया अगाडि बढिसकेको छ । यो मध्ये नलगाड नदी र झुर्मेखोलामा पुस मसान्तभित्र पुल निर्माण कार्य सम्पन्न भइसक्ने छ ।  सातवटा पुल ३० महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताउनुभयो । त्यस्तै डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ र करपगाडमा मोटेरेबल पुल निर्माणका लागि  बोलपत्र आह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमुख भट्टको भनाइ छ ।

रु सात करोड लागतमा पुल निर्माणको ठेक्का खोलिएको छ । एक वर्षभित्र निर्माण कार्य पूरा हुने उद्देश्यका साथ ठेक्का खोली कामको शुरुआत गरिएको प्रमुख भट्टले जानकारी दिनुभयो । त्यस्तै छलगाड, छरेबग्रीबाट त्रिवेणीसम्मको सडकमा दुईवटा पुल निर्माणका लागि बोलपत्र आह्वानको कामसमेत भएको छ । सडक निर्माणकार्य शुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया शुरु भएको हो । जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि कालोपत्र गर्न शुरु भएर काम चालू अवस्थामा छ ।

यो सडक भारत, नेपाल र चीन जोड्ने मुख्य रणनीतिक सडक हो । पुलपुलेसा नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका र ठाउँठाउँमा यातायातका साधन बदल्ने समस्याको मारमा परेका सर्वसाधारण वर्ष दिनभित्र पुल निर्माण हुने खबरले खुशी भएको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताउनुभयो । पासागाडबाट यो सडकखण्डको कालोपत्रको कामसमेत शुरु भएको छ । नलगाड जलविद्युत् आयोजना निर्माणदेखि डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि यो सडक छिटो निर्माण गर्नुपर्ने हाम्रोसामु अवसर र चुनौती दुवै रहेको जाजरकोटका प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सबै तहका सरकारसँग समन्वय गरेर हामी विकासबाट पछि परेको भूगोल, क्षेत्र अनि भूभागमा जोड दिइरहेका छौँ । जनताको विकासप्रतिको चाहनालाई सम्मान गरी हामी सोही गतिमा अगाडि बढेका छौँ ।”

सडक हस्तान्तरणपछि पुल निर्माण शुरु

भेरी करिडोरभित्रको जाजरकोट–डोल्पा सडकखण्ड एक पर्यटकीय रुटको रूपमा समेत रहेको छ । यही सडकले चीनसँग जोड्ने काम गर्ने प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताउनुभयो । नेपाली सेनाले झण्डै १० वर्षभन्दा बढी समय लगाएर ‘ट्रयाकओपन’ गरेको यो सडक अघिल्लो वर्ष मात्र सरकारलाई हस्तान्तरण गरिएको थियो ।

एक सय १६ किलोमिटर लम्बाइ रहेको जाजरकोट–डोल्पा सडकखण्डभित्र नलगाड जलविद्युत् आयोजना ९११७ मेगावाट० र जगदुल्ला जलविद्युत् आयोजना ९१०६०, ताँसुगाड जलविद्युत् आयोजना ९४।५ मेगावाट० र भेरी एबिसी आयोजना निर्माणमा सहजता हुनेछ । त्यस्तै जाजरकोट–डोल्पा सडकखण्डमा ३३ केभी विद्युत्को केन्द्रीय लाइन विस्तारका लागि थप सहजता ल्याउने छ । चार सय केभी प्रसारण लाइनको सबस्टेशन निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ । त्यस्तै मध्यपहाडी लोकमार्गमा कालोपत्रको काम पनि शुरु भएको छ । त्यस्तै जाजरकोट–जुम्ला सडकखण्डको कामसमेत चालू अवस्थामा रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ