प्रेम सुनार | साउन–१५, गुल्मी । गुल्मीको दर्लिङ्ग गाविसमा घर भित्रै मुल फुटेपछि ४७ घरधुरी विस्थापित रहेको बताईएको छ । त्यस गाविस सचिव गोपालबहादुर सेन ओलीले उक्त कुरा बताएका हुन्  । उनले भने–‘ घरहरु  धेरै भत्केका छैनन तर प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | साउन–१५, गुल्मी । गुल्मीको दर्लिङ्ग गाविसमा घर भित्रै मुल फुटेपछि ४७ घरधुरी विस्थापित रहेको बताईएको छ । त्यस गाविस सचिव गोपालबहादुर सेन ओलीले उक्त कुरा बताएका हुन्  । उनले भने–‘ घरहरु  धेरै भत्केका छैनन तर प"/>
2026-09-01 07:37 PM
गुल्मी - GLM

घरभित्रै मुल फुटेपछि दर्लिङ्गमा ४७ परिवार विस्थापित

प्रेम सुनार | साउन–१५, गुल्मी । गुल्मीको दर्लिङ्ग गाविसमा घर भित्रै मुल फुटेपछि ४७ घरधुरी विस्थापित रहेको बताईएको छ । त्यस गाविस सचिव गोपालबहादुर सेन ओलीले उक्त कुरा बताएका हुन्  । उनले भने–‘ घरहरु  धेरै भत्केका छैनन तर प्राय सवैका घरहरु भित्र पानीको मुल फुटे पछि वस्न नसक्ने अवस्था भएर अहिले सम्म यस गााविसका ४७ घर परिवार विस्थापित भई छिमेकीको शरणमा रहेका छन् ।’

उनले थपे – घर भित्र मुल फुटे पछि यहाँको अवस्था विजोग छ, बढि मात्रमा वडा नम्वर ८, ९, २ र ३ को दुनाम गाउँमा बढि क्षति भएको जानकारी प्राप्त भएको छ ।’ वडा नम्वर २ र ३ को अवस्था बताउन गाविस कार्याललयमा आएका रविन्द्र बिश्वकर्माले दुनाम गाउँमा हाल सम्म २९ घर परिवार विस्थापित भएको बताए । उनले गाई भैसीहरु अर्को सुरक्षित स्थानमा लैजान समेत मुस्कील परेको जानकारी दिए  ।  

गाविस सचिव सेन ओलीले स्थानियवासी बिश्वकर्मालो उक्त क्षति भएको विवरण लिएर गाविसमा आएको बताउँदै आफु सहित दलका नेताहरुलाई लिएर भोली सम्म दुनाम पुग्ने बताए । जिल्ला प्रहरी कार्यालयमा भने दुनाममा १९ घर मात्रैको विवरण आएको त्यस कार्यालयका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

त्यहाँको विपदवारे प्रमुख जिल्ला अधिकारी उदयबहादुर  राना मगरलाई पनि जानकारी आएको उनले बताए । भने –‘ मलाई पनि जानकारी आएको छ , एसपी सावलाई पनि फोन गरेर थप प्रहरी खटाउन भनेको छु, चार पाँच जनाको प्रहरी अहिले पनि त्यही छ भन्ने सुनेको छु । ’  उनले त्यहाँको आवश्यकता बुझेर औषधी लगायतको राहत सामग्री पठाउन पनि पहल भई रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली