२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कोतघरमा अजङ्गका खुँडा, तरबार र खुकुरी

२०७७, १३ कार्तिक बिहीबार ०९:३३

कात्तिक १३, बागलुङ | चौबिसे राज्यका पालाको गलकोट कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार र ६० किलोका दुई खुकुरी राखिएको छ । दर्शैँको नवदुर्गामा ती हतियारको प्रतिस्थापन गरिएको हो । हेर्दै अजङ्गका खुकुरी सात फिट अग्ला छन् भने खुँडा र तरवार झण्डै नौ फिट ।

गलकोट नगरपालिकाको कोतघर संरक्षण योजनाअन्तर्गत ऐतिहासिक र सांस्कृतिक महत्वका हातहतियार सङ्ग्रह गरिएको हो । वडा नं. ३ स्थित कोतघर जीर्णोद्धार र संरक्षणलाई नगरले गत आवमा गौरवको योजनामा समेटेको थियो । विधिपूर्वक पूजापाठ गरी हतियार भित्र्याइएको कोतघर व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर खत्रीले बताउनुभयो ।

अनुभवी कालिगड मनबहादुर सिर्पालीले हतियार बनाउनुभएको हो । ढोरपाटन नगरपालिकामा विकको ‘बुर्तिबाङ आरन सेवा’ छ । चारवटै हतियार तयार गर्न तीन महिनाभन्दा बढी समय लागेको उहाँले बताउनुभयो । “यति ठूला हतियार बनाएको यो नै पहिलोपटक हो”, कालिगड सिर्पालीले भन्नुभयो ।

यसअघि विकले मेला, महोत्सवमा विक्रीका लागि डुलाउने गरेको रु  एक लाख ११ हजार मूल्य पर्ने ४२ किलोको खुकुरीले निकै चर्चा पाएको थियो । रु चार लाख ६५ हजारमा सबै हतियार कोतघर व्यवस्थापन समितिलाई उपलब्ध गराएको कालिगड सिर्पालीले बताउनुभयो । हतियार बनाउँदा विकसहित अरू सहयोगी पनि खटेका थिए ।

वडाध्यक्ष वीरजङ्ग भण्डारीले ऐतिहासिक कोतघरको महिमा झल्काउन प्रतिकात्मक रुपमा पुरानै स्वरुपका हतियार बनाएर राखिएको बताउनुभयो । “भावी पुस्ताले पनि कोतघरको महत्वबारे बुझोस्, गरिमा थप बढोस् भन्ने उद्देश्य हो”, उहाँले भन्नुभयो । कोतघरमा पुरानै भाला, खुँडा, खुकुरीलगायतका हातहतियार पनि छन् ।

कोतघरको वृहत्तर विकास गरी आकर्षक सम्पदास्थलका रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ । हालै विधिवत रुपमा कोतघर व्यवस्थापन समिति दर्ता गरी जीर्णोद्वारको कामलाई गति दिइएको वडाध्यक्ष भण्डारीको भनाइ छ । कोतघरका लागि नगरको रु ५० लाख बजेट छ । पुरातात्विक महत्व झल्कने गरी कोतघरको बृहत् जीर्णोद्वार गरिने छ ।

त्यसका लागि गुरुयोजना निर्माणको काम अगाडि बढेको जनाइएको छ । जग्गा व्यवस्थापन, घेराबारलगायत पूर्वाधार तयारीको काम सकिएको छ । कोतघरले झण्डै सात रोपनी सार्वजनिक जग्गा चर्चेको छ । संरचना बनाउँदा अपुग हुने जग्गा किनेरै भए पनि थप्ने योजना छ । 

कोतघरसँगै रहेका इष्टदेवी र भगवतीको मन्दिरसमेत जीर्णोद्वार गरिने छ । तत्कालीन राजाले दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए । उक्त कोतघरबाट २१३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए ।

गलकोट राज्यका पहिलो राजा जितारी मल्लले कोतघर निर्माण गरेका थिए । राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भएको छ । कोतघरका झ्याल, ढोका भने पुरानै छन् । जीर्णोद्धार गर्दा मौलिकता जोगाउनुपर्ने चुनौती छ । मन्दिरमा अहिले पनि बडादशैँ र चैतेदशैँमा विशेष पूजा हुन्छ । 

चैत्राष्टमीमा त कोतघरमा मेलै लाग्छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गेरैले कोतघर जिल्लाकै ऐतिहासिक धरोहर भएको उल्लेख गर्नुभयो । उहाँले कोतघरको विकासमा जस्तो सुकै सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो । 

विसं १६३१ देखि १८४४ सम्म कोतघर रहेको ठाउँबाट गलकोट राज्य सञ्चालन भएको इतिहासमा उल्लेख छ । गोलो पहाडको टाकुरामा दरबार तथा कोतघर निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम अपभ्रंस हुँदै पछि गलकोट भएको बताइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ