2026-09-25 12:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीद्वारा लाखौं विदेशी श्रमिक लाभान्वित हुने महत्वपूर्ण घोषणाको तयारी

कार्त्तिक १४, काठमाडौं । साउदी अरेवियाले सन् २०२१ मा कफाला प्रणाली (स्पोन्सरशीप सिष्टम) हटाउने भएको छ । साउदी गजेटका अनुसार साउदी अरेवियाले सो महत्वपूर्ण निर्णय गर्न लागेको हो ।

समाचार अनुसार साउदी अरेवियाले आगामी बर्ष अर्थात सन् २०२१ को ६ महिना भित्रमा नै कफाला अन्त्य गर्नेछ । यसबाट १० लाख भन्दा बढी अप्रवासी श्रमिकहरु लाभान्वित हुने माल अनलाइन विजनेश दैनिकलाई उधृत गर्दै साउदी गजेटले लेखेको छ ।

साउदी अरेवियाको मानव संशाधन मन्त्रालयले यसका बारेमा सामाजिक विकास मन्त्रालयले औपचारिक घोषणा गर्ने जनाएको छ । आगामी हप्ता यस बारेमा औपचारिक घोषणा हुनेछ । आप्रवासी श्रमिक तथा साउदीका रोजगारदाताबीच रोजगार करारको उचित प्रवन्ध हुनेगरी गर्न लागिएको सो निर्णयलाई ऐतिहासिक भनिएको छ ।

साउदी अरेवियाको सो घोषणासँगै सात दशकदेखि प्रचलनमा रहँदै आएको कफाला प्रणालीको अन्त्य हुनेछ । कफाला प्रणाली हटेपछि रोजगार करार सम्झौता कार्यान्वयनमा आउनेछ । हालसम्म कायम रहेको कफाला प्रणाली अन्तर्गत विदेशी श्रमिकमाथि रोजगारदाताको पूर्ण अधिकार रहन्छ । कफालाका कारण रोजगारदाताको अनुमति बेगर रोजगारी तथा मुलुक छोड्न समेत बन्देज लाग्ने भएका कारण यसलाई आधुनिक समयको दासताको रुपमा हेर्ने गरिन्छ ।

कफाला प्रणाली अन्त्य भएपछि आप्रवासी श्रमिकहरुले स्वदेश फर्किन तथा पुनः साउदी अरेवियामा रोजगारीका लागि जान स्वतन्त्र हुने अपेक्षा गरिएको छ । यसैगरी पुनः साउदी अरेविया नफर्किने गरी स्वदेश फर्किन वा रोजगारदाताको अनुमति नलिइ नै पुनः अर्को रोजगारी खोज्न पाउने अपेक्षा छ ।

कफाला अन्त्यका बारेमा बुधवार नै साउदी अरेवियाको मानव संशाधन मन्त्रालयले महत्वपूर्ण घोषणा गर्ने अपेक्षा गरिएको थियो । यसअघि साउदी अरेवियाले सन् २०२० को मार्च महिनासम्ममा नै कफाला प्रणाली अन्त्यको घोषणा गर्ने अपेक्षा गरिएको थियो । तर कोभिड १९ को महामारी फैलिएसँगै सो घोषणामा ढिलाई भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ