२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

शिशु फाल्ने दुई जना पक्राउ

२०७७, १६ कार्तिक आईतवार १३:३०

कात्तिक १६, नवलपुर | शिशुलाई जङ्गलमा लगेर फाल्ने दुई जना आज पक्राउ परेका छन् । कात्तिक ४ गते दिउँसो नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–४ स्थित चुवा खोल्सा जङ्गलमा सालनालसहितको शिशु फाल्ने महिला तथा पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । 

जङ्गलमा नाभी नकाटेको अवस्थामा मृत शिशु भेटिएपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा हुप्सेकोट–४ शङ्खदेवकी ३९ वर्षीया पुनीसरा गाहा र ४२ वर्षीय टकबहादुर घर्ती मगर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी विशाल तामाङले जानकारी दिनुभयो । 

पक्राउ परेका दूवैविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को भाग २ परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरअन्तर्गत नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तामाङको भनाइ छ । विवाह नगरी बच्चा जन्मिएपछि उनीहरुले जङ्गलमा लगेर नवजात शिशुलाई फालेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ