२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुतावासले मागपत्र प्रमाणीकरणका नगरेपछि श्रमले परराष्ट्र मन्त्रालयलाई पत्र काट्यो

२०७७, १९ कार्तिक बुधबार १०:५५

कात्तिक १९,  काठमाडौँ । विदेशस्थित नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरण नगरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण गराउन सम्बन्धित दूतावासहरुलाई तत्काल निर्देशन दिन भन्दै श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई मंगलबार पत्राचार गरेको हो । 

विदेशस्थित नेपाली दूतावासहरुले कोरोना महामारीकाबीच कुनै पनि मागपत्र प्रमणीकरण नगरेको भन्दै आजकै मितिदेखि मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित निकायलाई आदेश जारी गर्न श्रम मन्त्रालयले परराष्ट्रलाई पत्राचार गरेको हो। मागपत्र प्रमाणीकरणलाई निरन्तरता दिई वैदेशिक रोजगारीलाई सहजीकरण गरिदिन समेत सोही पत्रमार्फत् श्रम मन्त्रालयले आग्रह गरेको छ। 


विदेशबाट रोजगारदाताले नेपाली कामदार माग गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले कामदार मागपत्र प्रमाणीकरण खुलाउन गर्दै आएको छ | नेपाली श्रमिकहरुको मुख्य गन्तव्य खाडीका मुलुकहरु र केहि यूरोपका देशहरुबाट कामदार लिनका लागि ठुलो संख्यामा माग आएकोले मागपत्र प्रमाणीकरण खुलाउन माग गरिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले बताए 

। नेपाली श्रमिक लिन रोजगारदाता इच्छुक भएपनि खाडीका देशमा रहेको नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगर्दा आउने मागहरु गुम्नसक्ने भएकोले यसतर्फ सरकारको ध्यानाकर्षण गरिएको उनको भनाई  छ | 

कोरोना महामारीका कारण केहि समय बन्द भएपनि अहिले खाडीका देशहरुमा आर्थिक गतिविधि बढ्न थालेको भन्दै ति देशहरुबाट कामदारको माग आउन् थालेको संघले बताएको छ | सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । 

सरकारले भदौ १४ देखि वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेपनि खाडी मूलुकमा रहेका नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको काम सुरु गरेका छैनन् | संस्थागत रुपमा मलेसिया सहित खाडीका देशबाट बढी मात्रामा डिमाण्ड आउने भएकोले तत्काल मागपत्र प्रमाणीकरण सुचारु गर्न पटक पटक दुतावासको ध्यानाकर्षण गरेका थियौं तर हाम्रो मागबारे दुतावासहरुले टेरेनन् संघका महासचिव श्रेष्ठले भने 'संघले मागपत्र प्रमाणीकरण तत्काल खुलाउनको लागि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, सहसचिव हरिसचन्द्र घिमिरे तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालायका सचिब तोयम रायाको ध्यानाकार्षण गरेका छौं  |'  संघको ध्यानाकर्षण पश्च्यात श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र काटेको हो | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड