२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा यस वर्ष देउसीभैलो खेल्न नपाइने

२०७७, २० कार्तिक बिहीबार ०५:३०

कात्तिक २०, तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान् पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसीभैलो खेल्न मनाही गरेको हो । दीपावलीको समयमा पूर्णरूपमा देउसीभैलो खेल्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । 

जिल्ला कोरोना नियन्त्रण समितिको मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उहाँले भन्नुभयो, “यदि कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानूनी कारवाही गरिनेछ ।” पछिल्लो कोरोना समुदायमा समेत फैलँदै गइरहेको अवस्थामा आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउन मानिसको चहलपहलमा न्यूनीकरण गर्न लागिएको हो । 

स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर आफ्नै घरभित्र रहेर चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरिएको उहाँले बताउनुभयो । सकभर घरदेखि बाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था आए अनिवार्यरूपमा मास्क लगाएर मात्रै निस्कन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । 

सुरक्षा व्यवस्थामा कडाइ 

दीपावली पर्व नजिकिँदै गर्दा तनहुँ प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । दीपावलीको समयमा भित्रिन सक्ने पटका तथा विष्फोटक पदार्थलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो । 

विष्फोटकजन्य पदार्थ भित्रिन सक्ने सम्भावित नाकामा सुरक्षा व्यवस्था सुदृढ बनाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । “सवारी चेकजाँच कार्यलाई कडाइ पार्न थालिएको छ”, उहाँले भन्नुभयो, “चेकजाँचका क्रममा शङ्कास्पद सवारी तथा व्यक्तिलाई नियन्त्रणमा लिएर चेकजाँच गरिएको छ ।”

जिल्लाको पूर्वी प्रवेश नाका मुग्लिन पुल जीपमा रहेको प्रहरी चेक प्वाइन्टदेखि राजमार्गका सबै चेक प्वाइन्टमा चेकिङ कार्यलाई तीव्रता दिन थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

दुई लाखसहित सात जुवाडे पक्राउ

तनहुँ प्रहरीले जुवा खेलिरहेकै अवस्थामा करिब रु दुई लाख तथा सात जना जुवाडे पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित सापकोटा होटलबाट मङ्गलबार साँझ ८ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जुवाडेको साथबाट रु एक लाख ९७ हजार ९५० समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो । जुवा खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा  खटिई गएको टोलीले जुवा खेल्ने र खेलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

शुक्लागण्डकी नगरपालिका–११ बस्ने दीपक श्रेष्ठ, दीपक विक, शङ्कर शर्मा, कमल थापा, व्यास नगरपालिका–१० बस्ने मोतीकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–४ बस्ने टेक छन्त्याल र  पर्वत जिल्लाको  बालकोट– ४ बस्ने रवि गुरुङलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा