कार्तिक २०, धनगढी | बेचबिखनका लागि भारत लैजानेक्रममा धनगढीबाट तिन युवतीको उद्दार गरिएको छ | भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा उनीहरुको उद्दार गरिएको हो |
जिल्ला प्रहरी कार्यालयको टोलीले गएराती बसपार्कस्थित न्यु बडिकेदारका सञ्चालक टेकेन्द्र बडैला सहितका ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ |
होटलमा छापा हान्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् |
उनका अनुसार १७, १८ र १९ वर्षीया युवती र होटल सञ्चालक बडैला सहितका ४ जना पुरुषलाई पक्राउ गरिएको छ | किशोरीहरुलाई शान्ति पुनःस्थापना गृहको सेफ हाउसमा राखिएको छ |
किशोरीहरु दुई जना सर्लाहीका र एक जना सिन्धुलीका हुन् | उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |