२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

तीन युवतीसहित सात पक्राउ

२०७७, २० कार्तिक बिहीबार १०:००

कार्तिक २०, गोदावरी । धनगढीको बसपार्कमा सञ्चालित एक होटलबाट तीन युवतीसहित सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले गएराति बसपार्कस्थित न्यु बडिकेदार होटलका सञ्चालक टेकेन्द्र बडैलासहित सात जनालाई पक्राउ गरिएको हो । 

बेचविखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । उहाँका अनुसार १७, १८ र १९ वर्षीया युवती र होटल सञ्चालक बडैलासहित चार जना पुरुषलाई पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१६ जुवाडे पक्राउ 

इलाका प्रहरी कार्यालय लम्की कैलालीले जुवातास खेलिरहेका अवस्थामा रु ५२ हजारसहित १६ जनालाई पक्राउ गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–७ स्थित कुस्माखर देवकोटाको पक्कीघरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी निरीक्षक भरतबहादुर शाहको कमाण्डमा खटिएको टोलीले आज उनीहरुलाई रु ५२ हजार ३९५ सहित पक्राउ गरेको हो ।  

प्रहरीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–४ का मनिप्रकाशकुमार जैसी, गणेशप्रसाद न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, रमेश विष्ट, कमलप्रशाद जैसी, दयाराम न्यौपाने, भानुप्रसाद जैसी, ईश्वर शर्मा, नरदेव चौलागाई, लम्की चुहानगरपालिका–७ का देवेन्द्र रावत, तारा ढकाल, रुपानन्द बजगाई, रामबहादुर चौधरी, लक्ष्मी आचार्य, जनक भण्डारी, कुष्माखर देवकोटा रहेका छन् । 

पक्राउ गरेका व्यक्तिहरुमाथि थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । यसैगरी प्रहरीले जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कैलालीले ११ वर्ष कैद सजाय तोकी फरार रहेको एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पीडित भजनी नगरपालिका–५ का  दीर्घबहादुर कामी रहेका छन् । कामी तीन वर्षदेखि जबरजस्ती करणी मुद्दामा फरार रहेका थिए । उनलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कैलालीमा दाखिला गरेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले