साउन १६, डडेल्धुरा । लगातार वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, डडेल्धुरा । लगातार वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । "/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरामा सैँतीस ग्रामीण सडकमध्ये ३२ अवरुद्ध

१६ श्रावण २०७३, आईतवार ०६:२६

साउन १६, डडेल्धुरा । लगातार वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । 

वर्षाबाट सडक बिग्रिएपछि जिल्लामा रहेका ३७ ग्रामीण सडकमध्ये ३२ अवरुद्ध तथा बाँकी सडकमा जोखिमपूर्ण यातायात सञ्चालन भइरहेका छन् । बगरकोट, रुपाल, डुङ्ग्री, देवलदिव्यपुर, ढिमौला, भद्रपुर, ढिमौला–चिपुर, रडुवा, कोटेली, विप्याकटाल, बेलापुर, अनारखोली, रडुवा, बडम लगायत ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकमा ठूला ठूला खाल्टा र पहिरा परेका कारण अधिकांश सडक अवरुद्ध भई जोखिमपूर्ण रुपमा यातायात सञ्चालन भइरहेको चालकको भनाइ छ । 

यातायातका सवारी साधन सञ्चालनमा आउन नसक्दा मानिसहरु सदरमुकाम लगायत अन्य क्षेत्रमा पैदल हिँड्न बाध्य छन् । ग्रामीण सडक अवरुद्ध हुँदा गाउँमा उत्पादित तरकारी बजारसम्म र दैनिक उपभोग्य सामग्री गाउँमा ल्याउनमा समेत समस्या भएको ग्रामीण बस्तीका सर्वसाधारणको भनाइ छ । 

ग्रामीण क्षेत्रमा सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसक्दा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुन थालेको अजयमेरु– १ स्थानीय बिस्ना खातीको भनाइ छ । ग्रामीण सडक अवरुद्ध हुँदा स्वास्थ्योपचारदेखि अन्य अत्यावश्क सेवाका लागि समस्या भइरहेको स्थानीयवासीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य